काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका शिक्षक र कर्मचारीलाई तोकिएको पोशाकमा टिकटक बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने गतिविधि नगर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘हेलो सरकार’मा हालै आएको गुनासोको आधारमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो । गुनासोमा विद्यालय समयमै शिक्षक र कर्मचारीले पोशाकमा टिकटक भिडियो बनाउने, त्यस्ता सामग्रीले विद्यार्थीको बाल मनोविज्ञानमा प्रत्यक्ष असर पार्ने भन्दै रोक्न आग्रह गरिएको थियो ।
मन्त्रालयले गुनासोलाई आधार मान्दै विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई पदको गरिमा कायम राख्दै सामाजिक सञ्जाल प्रयोगमा संयम अपनाउन भनेको छ ।



