देशबागमती प्रदेशहेटौँडामा जेन–जी आन्दोलन समर्थक युवामाथि खुकुरी प्रहार

हेटौँडामा जेन–जी आन्दोलन समर्थक युवामाथि खुकुरी प्रहार

हेटौँडा | हेटौँडामा जेन–जी आन्दोलन समर्थक युवामाथि खुकुरी प्रहार भएको छ । हेटौँडा–१० स्थित बन विज्ञान क्याम्पस अगाडि मकवानपुरगढीका प्रेमकुमार घिमिरेमाथि सोमबार साँझ ६ बजे खुकुरी प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार मिथुन लामा सहित चार–पाँच जनाको समूहले उनीमाथि आक्रमण गरेको प्रारम्भिक जानकारी घटनास्थलबाट प्राप्त भएको छ।

घाइते घिमिरेलाई उपचारका लागि भरतपुर लगिएको छ भने आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको डीएसपी अर्यालले बताए।

यता, प्रत्यक्षदर्शीका अनुसार उनीमाथि बन विज्ञान क्याम्पस अगाडि गाडी रोकेर टाउको र हातमा खुकुरी प्रहार गरिएको थियो। प्रारम्भिक अनुमानअनुसार राजनीतिक वा आन्दोलनसँग सम्बन्धित विवादको कारणले यो घटना भएको हुन सक्ने देखिन्छ, तर प्रहरीले अनुसन्धानपछि मात्र पुष्टि गर्न सक्ने जनाएको छ।

घिमिरे २४ गतेको जेन–जी आन्दोलनमा उग्र रूपमा प्रस्तुत भएको र आन्दोलनमा समर्थन गरेको कारण उनी आक्रमणको लक्ष्य बनेको हुन सक्ने आशंका गरिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img