शिक्षामकवानपुरमा १३ जनाको ४ जीपीए, करिब आधा विद्यार्थी अनुत्तीर्ण

मकवानपुरमा १३ जनाको ४ जीपीए, करिब आधा विद्यार्थी अनुत्तीर्ण

हेटौँडा । राष्ट्रिय औसतभन्दा कमजोर नतिजासहित मकवानपुरमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८२ मा करिब आधा विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ, मकवानपुरका अनुसार जिल्लाबाट परीक्षामा सहभागी ५ हजार ५ सय २७ विद्यार्थीमध्ये २ हजार ८ सय १८ जना अर्थात् ५० दशमलव ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । राष्ट्रिय स्तरमा भने यस वर्ष ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

जिल्लामा २ हजार ७ सय ९ जना विद्यार्थीको नतिजा ‘इनकम्प्लिट’ रहेको छ । साधारण धारतर्फ २ हजार ६ सय ३६ र प्राविधिक धारतर्फ ७३ विद्यार्थीको नतिजा अपूर्ण रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । जिल्लाबाट सहभागी कुल परीक्षार्थीमध्ये ठूलो संख्या ‘इनकम्प्लिट’ हुनु मकवानपुरको शिक्षा क्षेत्रमा चिन्ताको विषय बनेको छ ।

तथ्यांकअनुसार साधारण धारतर्फ ५ हजार ३ सय ४४ र प्राविधिक धारतर्फ १ सय ८३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये साधारण धारतर्फ ५० दशमलव ६७ प्रतिशत तथा प्राविधिक धारतर्फ ६० दशमलव १२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस वर्ष मकवानपुरमा ४ जीपीए ल्याउने विद्यार्थी संख्या १३ रहेको छ । त्यस्तै ३ दशमलव ६ देखि ४ जीपीएसम्म ४ सय ३६, ३ दशमलव २ देखि ३ दशमलव ६ सम्म ७ सय ८९, २ दशमलव ८ देखि ३ दशमलव २ सम्म ९ सय ८२ र २ दशमलव ४ देखि २ दशमलव ८ सम्म ५ सय ५५ विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img