समाजहेटौँडामा सभामुख अर्यालको विभिन्न क्षेत्रसँग छुट्टाछुट्टै छलफल

हेटौँडामा सभामुख अर्यालको विभिन्न क्षेत्रसँग छुट्टाछुट्टै छलफल

हेटौँडा / प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले शनिबार हेटौँडामा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, मकवानपुर–१ (क) का प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, उद्योगी–व्यवसायी, यातायात व्यवसायी, कानुन व्यवसायी, विभिन्न निकायका प्रतिनिधि तथा स्थानीयसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका छन्।

पूर्वमुख्यमन्त्री पौडेलसँगको भेटमा हेटौँडा र मकवानपुरको विकास, वन तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने विकास निर्माणका काममा देखिएका समस्या, सडक तथा पूर्वाधार विस्तार र त्यस्ता कामलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। अर्यालले विकास निर्माणमा देखिएका जटिलता समाधानका उपाय र आवश्यक सुझावबारे पौडेलसँग रायसमेत लिएका थिए।

प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’सँगको भेटमा हेटौँडाको सडक विस्तार, हेटौँडा–काठमाडौं जोड्ने सडक सञ्जाललाई सुरक्षित र भरपर्दो बनाउने, भीमफेदी सुरुङमार्ग तथा सडक पूर्वाधारसँग जोडिएका विषय उठाइएको थियो।

त्यस्तै, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले उद्योगी–व्यवसायीले भोगिरहेका समस्या र सुझाव राखेका थिए। नारायणी यातायात व्यवसायी संघका अध्यक्ष सरोज खनालले यातायात क्षेत्रका समस्या, सडक सुरक्षा र व्यवसायीका सरोकारबारे सभामुखलाई जानकारी गराएका थिए।

कानुन व्यवसायी, विभिन्न सरकारी तथा अन्य निकायका प्रतिनिधि र स्थानीयले पनि आ–आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या, गुनासा र सुझाव राखेका थिए।

छलफलका क्रममा हेटौँडा–काठमाडौं सडक सञ्जाल, हेटौँडा सडक विस्तार, भीमफेदी सुरुङमार्ग, वन तथा मध्यवर्ती क्षेत्रका कारण विकास निर्माणमा देखिएका अवरोध र पूर्वाधारका कामलाई सहज बनाउने उपायबारे समेत अन्तरक्रिया भएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार