सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
मंगलबार बिहान करिब १ बजे सामान्य विवादका क्रममा ४२ वर्षीय मनोज कार्कीले ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीको टाउकोमा लोहोरोले प्रहार गरेका थिए । प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे बिहान १ः१५ बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनामा संलग्न मनोज कार्कीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


