राजनीतिरास्वपा सांसदको अनौठो घोषणा: बालेन-रविसँग आफ्नो फोटो पोस्ट गर्नेलाई पुरस्कार दिने

रास्वपा सांसदको अनौठो घोषणा: बालेन-रविसँग आफ्नो फोटो पोस्ट गर्नेलाई पुरस्कार दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पारसमणी गेलालले एउटा आश्चर्यजनक घोषणा गरेका छन् । उनको घोषणा हो- प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसँग उनले खिचेको ‘उत्कृष्ट’ तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई नगद पुरस्कार दिने ।

गेलालको सचिवालयको फेसबुक पेजबाट एक सूचनामार्फत यो घोषणा गरिएको हो ।आगामी फागुन १२ गते विशेष फोटो तथा भिडियो प्रतियोगिता आयोजना हुन लागेको सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का क्रममा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू, आदरणीय पार्टी सभापति रवि लामिछानेज्यू तथा माननीय पारसमणि गेलाल र माननीय सूर्य लामाज्यू सँगसँगै रहेका उत्कृष्ट र अविस्मरणीय क्षणहरूलाई आफ्नो क्यामेरा वा मोबाइलमा कैद गर्नुभएको छ ? त्यसो हो भने अब आफ्नो प्रतिभा देखाउने र आकर्षक नगद पुरस्कार जित्ने अवसर नगुमाउनुहोस् !’

उत्कृष्ट फोटो तथा भिडियो पठाउने प्रतियोगीमध्येबाट ३ जना विजेतालाई आकर्षक नगद पुरस्कार प्रदान गर्ने भनिएको छ । तर पुरस्कार राशि खुलाइएको छैन । पुरस्कार राशिबारे छिट्टै भिडिओ सन्देशमार्फत सार्वजनिक गरिने जनाइएको छ ।

सूचनाअनुसार पुरस्कारका लागि यस्ता शर्तहरु छन् :

– निर्वाचनका क्रममा खिचिएका उत्कृष्ट फोटो वा भिडियो पठाउने ।
– आफ्नो सामाजिक सञ्जालमा समेत पोस्ट गर्ने ।
– आफ्नो सिर्जनात्मकता र प्रतिभा प्रदर्शन गर्ने ।

सूचनामा लेखिएको छ, ‘अब खिच्ने मात्र होइन, आफ्नो प्रतिभाबाट नगद पुरस्कार जित्ने पनि हो ! क्यामेरारमोबाइलले खिचिएका उत्कृष्ट क्षण कैद गर्नु भएको छ भने विजेता बन्ने तयारी गर्नुहोस् !’ गेलाल गत आम निर्वाचनमा उदयपुर १ बाट रास्वपा सांसद निर्वाचित भएका थिए । यस्तै तामाङ उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद हुन् ।

यो पुरस्कार घोषणालाई लिएर सांसदहरुको व्यापकरुपमा ट्रोल हुन थालेको छ । चर्चाका लागि हास्यास्पद स्टन्ट गर्न खोजेको भन्दै धेरैले आलोचना गरिरहेका छन् ।

गेलाल उनै सांसद हुन् जो केही समयअघि ‘मेयरलाई सरुवा गर्नुपर्छ’ भन्ने फोन सम्वादबाट ट्रोल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार