Sunday, February 16, 2025
निर्वाचनपूर्वी नवलपरासीको देवचुलीमा मतपेटिकामा आगजनी

पूर्वी नवलपरासीको देवचुलीमा मतपेटिकामा आगजनी

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । मतदान केन्द्रको मतपेटिकामा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

देबचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो । मतपेटिकामा आगजनी गरेको आरोपमा स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मतपेटिकामा आगजनी गरेपछि उनी भागेका थिए । मतदान केन्द्रबाट करिब २ किलोमिटर टाढा पुगेर प्रहरीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताएका हुन् ।

छुटाउनु भयो कि ? नेपाल बैंकमा ‘वित्तीय अपराध’ : कनेक्ट आईपीएसमार्फत ग्राहकको लाखौँ रकम चोरेर श्रीमतीका नाममा ट्रान्सफर !

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img