देशगण्डकी प्रदेशपूर्वी नवलपरासीको देवचुलीमा मतपेटिकामा आगजनी

पूर्वी नवलपरासीको देवचुलीमा मतपेटिकामा आगजनी

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । मतदान केन्द्रको मतपेटिकामा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

देबचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो । मतपेटिकामा आगजनी गरेको आरोपमा स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मतपेटिकामा आगजनी गरेपछि उनी भागेका थिए । मतदान केन्द्रबाट करिब २ किलोमिटर टाढा पुगेर प्रहरीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताएका हुन् ।

छुटाउनु भयो कि ? नेपाल बैंकमा ‘वित्तीय अपराध’ : कनेक्ट आईपीएसमार्फत ग्राहकको लाखौँ रकम चोरेर श्रीमतीका नाममा ट्रान्सफर !

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img