निर्वाचनविरोध खतिवडालाई ४ हजारभन्दा बढी मतले पछि पार्दै मकवानपुर–२ मा महेश...

विरोध खतिवडालाई ४ हजारभन्दा बढी मतले पछि पार्दै मकवानपुर–२ मा महेश बर्तौला बिजयी

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजारभन्दा बढी मत अन्तरले पछि पार्दै बर्तौलाले प्रतिनिधि सभाको यात्रा तय गरेका हुन् ।

८६ हजार ३१ मत खसेकोमध्ये बर्तौलाले ३४ हजार ९१६ मत पाएर विजयी भए । खतिवडाले ३० हजार ३९६ मत पाए । खतिवडा बर्तौलाका राजनीतिक गुरु हुन् ।

खतिवडा यसअघिका निर्वाचनहरुमा लगातार चार पटक निर्वाचित भएका थिए । संसदीय निर्वाचनमा विरोधको यो पहिलो हार हो ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img