मनोरञ्जनओपेरा डिजिटलको नयाँ संगीत भिडियो ‘के भन्नु र खोइ’ सार्वजनिक

ओपेरा डिजिटलको नयाँ संगीत भिडियो ‘के भन्नु र खोइ’ सार्वजनिक

हेटौँडा । ओपेरा डिजिटलले सोमबार आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत नयाँ नेपाली संगीत भिडियो ‘के भन्नु र खोइ’ सार्वजनिक गरेको छ। गीतमा आश्मान लोप्चन र जितु लोप्चनको स्वर रहेको छ भने संगीत सानु बाबु घिसिङले तयार र एरेन्ज गरेका हुन्। भिडियोको निर्देशन युद्ध लामा, छायांकन दुर्गा श्रेष्ठ र सम्पादन अनिल बिष्ट प्युठानीले गरेका हुन्।

रोमान्टिक र आधुनिक शैलीमा तयार गरिएको भिडियोलाई आकर्षक बनाउन कलाकार विक्रम लुङ्वा, आश्मान लोप्चन र याङ्गी दोङले अभिनय गरेका छन्। उनीहरूको स्टाइलिश पोशाक, रमाइलो नृत्य र भावनात्मक प्रस्तुतीकरणले भिडियोमा रोमान्स र आधुनिकता भरेको छ।

आश्मान लोप्चन तामाङ सेलो क्षेत्रमा चर्चित गायकका रूपमा स्थापित छन् भने मोडलिङमा पनि सक्रिय छन्। सहगायिका जितु लोप्चन पनि नेपाली संगीत क्षेत्रमा चर्चित नाम हुन्। विक्रम लुङ्वा गायन र निर्देशन दुवै क्षेत्रमा सक्रिय छन् भने मोडल याङ्गी दोङ तामाङ सेलो जगतको चर्चित अनुहार हुन्।

ओपेरा डिजिटलका प्रोप्राइटर विक्रम लुङ्वाका अनुसार आधुनिक संगीत शैली र रोमान्टिक दृश्यको संयोजनले तयार गरिएको यस भिडियोले नेपाली संगीतप्रेमीको मन जित्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img