काठमाडौं– मुगुमा मंगलबार भएको बस दुर्घटनामा २२ जनाको मृ’त्यु भएको छ ।
नेपालगञ्जबाट दसैं मनाउन मुगुका स्थानीय बासिन्दा लिएर आउँदै गरेको बस छायाँनाथ नगरपालिकाको पीनागाउँमा दुर्घ’टना भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।
बस भीरबाट धेरै तल झरेकोले घाइते तथा शवहरु संकलन गर्ने काम भइरहेको प्रजिअ महतले बताउनुभयो । दुर्घटनास्थल दुर्गम भएकाले उद्दारमा कठीनाइ भएको छ ।फाइल तस्बिर



