देशबागमती प्रदेशएकैपटक २७ जिल्लामा सिडिओ सरुवा

एकैपटक २७ जिल्लामा सिडिओ सरुवा

काठमाण्डौ | गृह मन्त्रालयले देशभरका २७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको एकैपटक सरुवा गरेको छ। सहसचिवस्तरका १५ र उपसचिवस्तरका १२ सिडिओ हेरफेर भएका छन्।

यस क्रममा काठमाडौंका सिडिओ ऋषिराम तिवारीलाई अवधि नपुगी हटाइइ छवि रिजाललाई जिम्मेवारी दिइएको छ। गृहले यो सरुवामा प्रमुख सहर तथा दुर्गम जिल्लासम्मका अधिकारी फेरबदल गरेको जनाएको छ।

सहसचिव तोयनारायण सुवेदीलाई पर्सा, सुमन घिमिरेलाई ललितपुर, नमराज घिमिरेलाई भक्तपुर, प्रकाश पौडेललाई बारा, भोला दाहाललाई दोलखा, बाबुराम गौतमलाई भोजपुर, सृजना थपलियालाई सुंखुवासभा, बिनु बज्राचार्य कुँवरलाई पाल्पा, वसन्त अधिकारीलाई सिराहा, टुवराज पोखरेललाई सप्तरी, शिवराज गेलाललाई धनकुटा, मेखबहादुर मंग्रातीलाई ओखलढुंगा, विश्वप्रकाश अर्याललाई दाङ, र विजयराज सुवेदीलाई धादिङमा खटाइएको छ।

उपसचिवस्तरका गणेश पौडेललाई बाजुरा, लीलाकुमार केसीलाई सोलुखुम्बु, राजेश पन्थीलाई रसुवा, नवराज पौडेललाई मनाङ, शिवराज सेढाईलाई ताप्लेजुङ, खडानन्द सुवेदीलाई मुगु, सीता परियारलाई रुकुम पूर्व, बद्रीप्रसाद तिवारीलाई म्याग्दी, गोकर्णराज सुयललाई कालिकोट, दिनेकुमार थानीलाई रुकुम पश्चिम, भीमराज कोइरालालाई डोल्पा र टेककुमार रेग्मीलाई हुम्ला पठाइएको छ।

कतिपय सिडिओहरूलाई कार्यकाल नपुगी अन्यत्र पठाइएको छ। चितवनमा भने नयाँ सिडिओ नखटाइएका कारण पद खाली रहेको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img