समाजस्वास्थ्य बिमामा एक महिनामै सेवा पाउने व्यवस्था लागू

स्वास्थ्य बिमामा एक महिनामै सेवा पाउने व्यवस्था लागू

हेटौँडा  | स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकाहरूले अब दर्ता भएको एक महिनापछि नै सेवा पाउने भएका छन्।

स्वास्थ्य बिमा बोर्डले आगामी साउन १ गतेदेखि लागू हुनेगरी बिमितलाई सेवा पाउने समय घटाएर एक महिना कायम गरेको हो। यसअघि बिमामा नाम दर्ता गरेपछि सेवा लिन न्युनतम एक महिना र अधिकतम पाँच महिना लाग्ने व्यवस्था थियो।

बोर्डका सूचना अधिकृत विकेश मल्ल ठकुरीका अनुसार स्वास्थ्य बिमा नियमावली, २०७५ को संशोधन मार्फत यो व्यवस्था ल्याइएको हो।

नयाँ व्यवस्थाअनुसार जुन महिना बिमितले नाम दर्ता गर्छन्, त्यो महिनालाई पहिलो महिना मानी तेस्रो महिनाको पहिलो दिनदेखि सेवा सुरु हुनेछ। यसले गर्दा अब सबैले अधिकतम एक महिना कुर्नुपर्नेछ।

अघिल्लो नियमले लामो समयसम्म सेवा नपाउँदा बिमामा जनताको आकर्षण घटेको र गुनासो बढेको बोर्डले जनाएको छ। नयाँ नियमले बिमाको पहुँच र प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।

नेपालमा हालसम्म ५० लाखभन्दा बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध छन्।

२०७५ सालमा लागू भएको नियमअनुसार कतिपयले पाँच महिना पर्खनुपर्ने अवस्था थियो। धेरैले तत्काल सेवा नपाउँदा निजी अस्पतालमा उपचार गर्नुपरेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।

नयाँ संशोधनले अब त्यो समस्या हट्ने र थप नागरिक बिमामा आकर्षित हुने बोर्डको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img