देशबागमती प्रदेशमकवानपुरमा ६३ वर्षीय वृद्धमा जापानी इन्सेफलाइटिस पुष्टि

मकवानपुरमा ६३ वर्षीय वृद्धमा जापानी इन्सेफलाइटिस पुष्टि

हेटौँडा | मकवानपुरमा जापानी इन्सेफलाइटिस (जेई) संक्रमणको पहिलो पुष्टि भएको छ। हेटौँडा अस्पतालमा उपचाररत मकवानपुरको बकैया गाउँपालिका–६, जुइनाका  ६३ वर्षीय वृद्धमा भदौ ९ गते भर्ना भएदेखि उपचार सुरु भएको थियो।   अस्पतालमा भर्ना भएको दोस्रो दिन अर्थात भदौ १० गतेदेखि उनी सघन उपचार कक्ष (आइसीयु) मा राखेर निगरानीमा राखिएको डा. प्रशान्त विडारीका जानकारी दिए ।

काठमाण्डौस्थित प्रयोगशालामा पठाइएको नमूनाको रिपोर्ट शुक्रबार प्राप्त भएको र परीक्षणका क्रममा जेई पुष्टि भएको डा. विडारीले जानकारी दिनुभयो। हालसम्म हेटौँडा अस्पतालले २० भन्दा बढी व्यक्तिको नमूना परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाइसकेको छ।

डा. विडारीका अनुसार परीक्षणका लागि पठाइएका नमूनामध्ये एउटामा जेई पुष्टि भएको हो। जेई पुष्टि भएका वृद्धलाई ६ दिन आइसीयुमा उपचार पछि सामान्य वार्डमा सारिएको छ। डा. विडारीले स्वास्थ्य अवस्था सुधारको संकेत दिँदै बताउनुभयो कि वृद्धको स्थिति अहिले स्थिर र राम्रो रहेको छ।

स्वास्थ्य अधिकारीहरूले स्थानीय स्तरमा सचेतना बढाउन, मच्छर नियन्त्रण र स्वास्थ्य परीक्षणमा जोड दिनुपर्ने आवश्यकता रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img