मिति २०८० सालको बार्षिक राशिफलयस वर्ष साठी संवत्सरमध्ये बार्हस्पत्यमानले नलनामको संवत्सरको समाप्तिसँगै पिङ्गल नामको संवत्सर प्रारम्भ भएको छ । मेषसंक्रान्तिबाट भुक्तमासादि ०/२१/८/२४ र भोग्यमासादि ११/८/५१/३६ रहेको छ । यसपछि सौरमानले कालयुक्तनामक संवत्सरको आगमन हुनेछ । संवत्सर फल निम्नअनुसार रहेको छ ।
यस वर्ष स्थानअनुसार कतै अतिवृष्टि, कतै अनावृष्टि त कतै सलह, मूसा एवं सुगाको आतङ्कका कारण मध्यम रूपमा उत्पादन हुने अन्नादिको मूल्यवृद्धि हुनेछ । करप्रणाली र राज्यमा हुने परचक्रीको प्रभावका कारण जनता भयभीत हुनेछन्। शक्तिशाली राज्यले अरू राज्यमा प्रभाव बढाउनेछन् । कालयुक्तसंवत्सरको प्रभाव वृद्धिसँगै संसारमा रोगवृद्धिका साथै अनाजवृद्धिसमेत हुनेछ । गुरुको उदयास्त विचार गर्दा आश्विन वर्ष परेकाले ग्रीष्मकालीन धानहरूको उत्पादन मध्यमरूपमा भएपनि शारदीय धानहरूको उत्पादन पूर्णरूपमा हुने हुनाले लोक सुखी हुनेछ । राजा बुधका कारण अधिक वृष्टिका साथै घरघरमा हुने माङ्गलिक कार्यहरूको आयोजनाले जनता खुशी नै देखिनेछन् ।
मन्त्री शुक्रका कारण पनि सलह, मूसा एवं सुगाको आतङ्क सिर्जना हुनाले अन्नको मूल्यवृद्धि भई जनता दुःखी हुनेछन् । सस्येश पदमा आसीन चन्द्रका कारण अनुकूल वृष्टि एवं दुग्ध उत्पादनमा वृद्धि हुनेछ । धान्येश शनिका कारण दुर्भिक्ष र देशमा कलहको स्थिति सिर्जना हुनेछ । मेधेश गुरुका कारण यथेष्ट वृष्टि हुनाले पृथ्वीमा आनन्दानुभूति हुनेछ भने शासकहरूमा समेत धार्मिक भावनाको उदय हुनेछ । रसेश बुधका कारण उत्पादनमा वृद्धि तथा देश र जनतामा सुखको सञ्चार हुनेछ। मोती, चाँदी, वस्त्रलगायत सेतो वर्णका वस्तुहरूको विशेष मूल्यवृद्धि हुनुको कारक निरसेश चन्द्र रहनेछ । फलेश गुरु भएकाले फलफूलको उत्पादनमा ह्रास आउनेछैन। यज्ञयागादिको आयोजनाले धार्मिक जनतामा केही सन्तोष बढ्नेछ। धनेश सूर्यका कारण व्यापारीवर्ग खुशी रहनेछन्। हात्ती, घोडा, भेडा, गधा, ऊँट तथा यानवाहनको बेचविखनबाट विशेष लाभ मिल्नेछ। दुर्गेश गुरुका कारण न्यायपूर्वक सुरक्षा संयन्त्र परिचालन हुनाले गाउँशहर सबैतिर समान सुरक्षा सुखको अनुभूति हुनेछ ।
जगल्लग्नकुण्डलीमा लग्नेश तथा दशमेश बुध अष्टम स्थानमा रहेको छ। चाहेर पनि शासकवर्ग आफ्नो योजना कार्यान्वयन गराउन सफल हुनेछैन, अरुको लगामले नियन्त्रण गर्नेछ । सूर्य आर्द्राप्रवेश विचार गर्दा फलका हिसाबले तिथि र योगको उत्तम संयोग परे पनि वार र नक्षत्र उपयुक्त छैनन् । तसर्थ शुभाशुभ फलको सम्मिश्रण रहने छ । ग्रहपरिषद्मा अवस्थित ग्रहस्थितिलाई विचार गरी अघि बढ्दै राष्ट्रको विकास र जनतामा सन्तोष अभिवृद्धि गराउने ध्येय भएमा शासकवर्ग सफल हुनेछ ।
मेष: (चु चे चो ला लि लु ले लो अ)
मेष राशि हुनेहरुको लागि यस बर्ष ग्रह सामान्यतया राम्रै छन् । शुरुवाती चरणमा बृहस्पति केही अनुकुल हुने हुनाले शैक्षिक क्षेत्रमा केही सफलता मिल्ने देखिन्छ तर केहि मानसिक तनावपनि दिने देखिन्छ । कुम्भ राशि आय भावमा रहेको शनिको प्रभावले विभिन्न माध्यामबाट धन प्राप्तीको योग बनाउने देखिन्छ साथै स्थिर सम्पत्तिमा पनि बृद्धि होला । कृर्षि तथा व्यबसायिक उन्नति होला तर आर्थिक लेनदेनमा केहि विवाद झेल्नुपर्ला । असोज सम्म लग्नमा राहु र सातौँ केतुको प्रभावले स्वास्थ्य तथा पारिवारीक सम्बन्धमा केहि समस्या ल्याउन सक्छ साथै व्यर्थको झमेला तथा विवाद उत्पन्न हुन सक्ने हुनाले सावधान अपनाउनुपर्ने देखिन्छ । बर्षको उत्तरार्धमा स्थिति सुधारोन्मुख हुनेछ । आर्थिक बृद्धि तथा पदोन्नतीको सम्भावनापनि देखिन्छ ।
बृष: (इ उ ए ओ वा वि वु वे वो)
बृष राशि हुनेहरुको लागि यस बर्ष ग्रहहरु मध्यम छन् । बाह्रौँ बृहस्पतिले व्यवहारिक झमेला, आर्थिक विषमता,मानसिक तनाव, व्यर्थको यात्रा, अदृश्य रुपमा शत्रुले दुःख दिने देखिन्छ । वैदेशिक यात्राको योग रहेतापनि केहि ढिला सुस्ति हुने अथवा पहिलो प्रयास सामान्यतया असफल हुनसक्ने देखिन्छ संयमता अपनाउनुहोला । शनि दशौँ घरमा रहने हुनाले केहि सामाजिक तथा राजकिय कार्यमा सफलता मिल्ला साथै न्यायालय सम्बन्धी विवादमा विजय मिल्ने देखिन्छ । सम्यमता पुर्वक अवशरलाई लिन सकेमा नयाँ सम्पत्तिहरु थप गर्न सकिने देखिन्छ । बाह्रौँ स्थानमा राहु भएको हुनाले व्यर्थको खर्च बढाईदिन सक्ला भने छैठाँै केतु सुःख कारक बन्ला । पारिवारीक सम्बन्ध राम्रो रहला । समाजमा मान सम्मान तथा प्रतिष्ठा बढ्ला । यस राशिका व्यक्तिहरुको पनि पदोन्नतीको योग छ । बर्षको उत्तरार्धमा धार्मिक कार्यप्रति रुची बढ्ने साथै तिर्थाटनको योग रहेको छ ।
मिथुन: (क कि कु घ ङ छ के को हा)
मिथुन राशिको समग्र ग्रहगोचर राम्रो नै छन् । आय स्थानमा रहेको बृहस्पति पक्कैपनि आम्दानि बृद्धिमा सहयोगी सिद्ध होला । कुनै नयाँ व्यवसाय प्रारम्भ हुने वा भएको भए ख्यातीमा बृद्धि गराउला । पारिवारीक सम्बन्ध राम्रो रहला । बृहस्पतिको सातौँ दृष्टिको प्रभावले जग्गा,जमिन,बाहन थप हुने तथा यस सम्बन्धीको व्यापारबाट थप लाभ लिन सकिने देखिन्छ । एकादश राहुको प्रभावले पनि अप्रत्याशित रुपमा आम्दानी तथा अनेकौँ स्रोतबाट धन हाता लाग्ने देखिन्छ । व्यवसायीहरु तथा शेयरबजार कारोबारीहरुको केहि सुधारोन्मुख अवस्था आउनेछ । विद्या स्थानको केतुले पढाईमा सोचे जस्तो प्रगति नहुने हुनाले विद्यार्थी वर्गले केहि मेहेनत गर्नुपर्ला । सन्तान पक्षमा पनि स्वास्थ्यगत समस्याहरु देखापर्ने छ । कार्यक्षेत्रमा सहकर्मिहरुसंग केहि मनमुटावको अवस्था सृजना हुन सक्नेछ आफै सजग रहनुहोला । स्वगृहमा रहेको नवम शनि भाग्योदयको कारक बन्न सक्ला शनिको विशेष पुजा आरधाना गर्नु लाभ मिल्नेछ । धर्म स्थानको शनि धार्मिक कार्यको बाधक बन्न सक्नेछ । कार्यमा निरन्तरताले भविष्य उज्ज्वल रहनेछ ।
कर्कट: (हि हु हे हो डा डि डु डे डो)
कर्कट राशि हुनेहरुको लागि ग्रह त्यति शुभ रहेको छैनन् । आठौँ शनिले गर्दा (अढैया) कार्यमा विलम्बता, दुःख ,झन्झट, शारिरिक कष्ट, परिवारमा बेमेल,जागिरमा अकल्पनित स्थानान्तरण, कुनै मुद्दा मामिला आईपर्न सक्ने तथा आफन्तहरुबाटै धोकाको अवस्था सृजित हुने देखिन्छ । दशम बृहस्पति केहि अनुकुल हुनाले आफ्नो व्यवसाय तथा राज्य तर्फबाट केहि सन्तोषजनक अवस्था रहला । बर्षको पुर्वार्धमा दशम राहु र चौथो केतु रहनाले मातृ स्वास्थ्यमा केहि समस्या, विवाद तथा कलह हुन सक्ने हुनाले व्यर्थ विवादबाट टाढा रहनुनै उत्तम रहने छ । चौथो केतुले कहिँकतै लाभ पनि दिनसक्ला । बर्षको उत्तरार्धमा राहुकेतुको राशि परिवर्तनले केहि राहत देला तर आर्थिक कारोबारबाट टाढै रहनु होला । सकारात्मक सोच जसले तपाईको भविष्य पुणर् रुपमा बदल्ने छ ।
सिंह: (मा मि मु मे मो टा टि टु टे)
सिंह राशि हुने हरुको लागि ग्रहहरु राम्रै छन् । बृहस्पति भाग्य वा धर्म स्थानमा रहने हुनाले धार्मिक तथा अध्यात्मिक क्षेत्रतर्फ विशेष ध्यान जाला तथा यस क्षेत्रको यात्राहरु सफल हुने देखिन्छ । भाग्योदय,सुःख सुविधा, सन्तानबाट सुःख प्राप्ति तथा मित्रबान्धवहरुबाट साथ सहयोग मिल्नेछ । बैदेशिक व्यापार तथा श्रम दुबै क्षेत्रबाट लाभ मिल्ने छ भने घर देखि टाढाको यात्राहरुपनि सुखद बन्ने देखिन्छ । मानसिक प्रशन्नताले कार्य सम्पादन राम्रो हुनेछ । भाग्य स्थानको राहुले कुनै कुनै बेला धार्मिक कृत्यमा बाधक बन्न सक्ला अर्थात भ्रमित पार्दिन सक्ला दृढ रहेर अघि बढ्नु राम्रो हुनेछ । सातौँ शनिले दाम्पत्य जिवनमा केहि बैचारिक मतभेद ल्याईदिन सक्छ भने स्वास्थ्यमा पनि केहि समस्या ल्याईदिन सक्नेछ । व्यापार र नोकरी दुवै पेशामा सम्यमित भएर अगाडी बढ्नुपर्नेछ जसले गर्दा राम्रै लाभ प्राप्त गर्न सक्नुहुने छ ।
कन्या: (टो प पी पू ष ण ठ पे पो )
कन्या राशिका ग्रहगोचर मध्यम जस्ता छन् । बृहस्पति अष्टम स्थानमा रहेकोले अध्ययन अध्यापन क्षेत्रमा अवरोध उत्पन्न होला । मन पनि अशान्त रहला पारिवारिक मतभेद,व्यर्थ विवाद आदिको सम्भावना बनाउने भएको हुनाले संयमित व्यवहार र शान्तिको अपेक्षा राख्दछौँ । छ्रैठाँै स्थानको शनि शत्रु नाशक होला शनि न्यायप्रेमी ग्रह भएको हुनाले कुनै पुराना विवादहरु तथा मुद्दा मामिला आफ्नो पक्षमा रहन सक्नेछ । आंशिक रुपमा नयाँ व्यवसायको सम्भावनापनि देखिन्छ । शेयर कारोबारबाट मध्यम आम्दानी देखिएको छ भने कुनै नविन सम्पत्ति आर्जन होला । बर्षको उत्तरार्धमा राहुको राशि परिवर्तनले दाम्पत्य विवाद हुन सक्छ भने लग्नको केतु स्वास्थ्य बाधाको कारक बन्न सक्नेछ । नम्र व्यवहारले सामाजिक तथा धार्मिक क्षेत्रमा यश प्राप्त होला ।
तुला: (रा री रु रे रो ता ती तु ते)
तपाईको ग्रह सामान्यतया राम्रै भन्नुपर्दछ । साताँै बृहस्पति शुभकारक रहनेछ, मान सम्मान, यश, प्रतिष्ठा, आदिको अभ्युदय होला, कुनै नविन व्यवसायको पनि आरम्भ हुन सक्ला । सुखद र लाभदायक यात्राहरु बनिरहनेछन् । शारिरिक र आर्थिक क्षेत्रको सुधारले मन प्रशन्न रहला र आत्मबलमा बृद्धि होला । बोलिको प्रभावले जुनसुकै क्षेत्रबाट पनि अप्रत्याशित लाभ प्राप्त होला । बर्षको उत्तरार्धमा दाम्पत्य सुःख राम्रो रहला जसबाट परस्पर विचारविनिमयबाट गरिएको कार्यबाट अवश्य सफलता मिल्नेछ । पञ्चम शनिले विद्या क्षेत्र तथा सत्तान पक्षमा केहि समस्या खडा गरिदिने छ सजक रहनुपर्ने छ । बर्षको उत्तरार्धमा छैठौँ राहु शत्रु नाशक भई सुःख कारक रहला आकस्मिक धन लाभ गराउला । पारिवारिक सुःखमा पनि बृद्धि गराउने छ ।
बृश्चिक:(तो ना नि नु ने नो या यी यु)
बृश्चिक राशि हुनेहरुको लागि ग्रह गोचर त्यति राम्रो छैन । चौथो घरको शनि (अढैया) को प्रभावले मानसिक तनाव, झुटा आरोप, काम कार्यमा विलम्बता, दुःख , तनाव आईपर्ने, आफ्नो तथा आमालाई शारिरिक कष्ट गराउने देखिन्छ । खानपान तथा दैनिक क्रियाकलापमा अस्तव्यस्तता, चिन्ता, डर आदिको सामना गर्नपर्ने देखिन्छ । साझेदारी व्यवसायमा विवाद आउन सक्ला । यात्रा गराउने छ तर केहि कष्टसाध्य होला । छैठौँ बृहस्पति अनावश्यक भ्रमण तथा चिन्ताको योग ल्याउने छ । बर्षको पुर्वार्धमा राहु छैठौँमा रहेकोले शत्रु विजयी तथा रोग नाशक बन्नेछ । उत्तरार्धमा राहु पाँचौमा रहनाले शिक्षा क्षेत्रमा व्यवधान ल्याउन सक्ला भने घरमा केहि असान्ति निम्त्याउन सक्नेछ । एकादश राहुले आय क्षेत्रमा केहि सकारान्मक प्रभाव पार्ला भने बैदेशिक कार्यमा पनि केहि हद सम्म सफलता मिल्ने देखिन्छ ।
धनु: (ये यो भा भी भू धा फा ढा भे)
धनु राशि हुनेहरुको लागि सामान्यतः ग्रहगोचर उत्तम देखिन्छ । पञ्चम बृहस्पतिको प्रभावले विद्या तथा सन्तान क्षेत्रमा उत्साहजनक अवस्था रहला । धार्मिक, अध्यात्मिक, बाचन क्षेत्रबाट बिशेष मन प्रशन्न रहला तथा उन्नति होला। शारिरिक र आर्थिक क्षेत्रमा हुँदै जाने क्रमिक सुधारले मन प्रशन्न रहला र आत्मबलमा पनि बृद्धि होला । बाणीको उचित र संयमित उपयोगले अप्रत्याशित लाभ मिल्ला । तिर्थ जाने अवशर मिल्ला भने घर परिवारमा पनि कुनै मांगलिक कार्यहरु होलान् । पराक्रम भावको शनिले पराक्रममा बृद्धि गराउला भने विद्यार्थी भाईबहिनिहरुलाई पति निकै सफलता देला । बर्षको पुर्वार्धमा एकादश केतुको प्रभावले केहि लाभ मिल्ला भने बैदेशिक कार्यमा पनि सफलता मिल्नेछ । असोज महिना पश्चात् राहु चौथो र केतु दशम हुनाले पारिवारी मतभेद तथा स्वजनबाट टाढा रहने, काममा आलस्यता रहने जस्तो अवस्था आउन सक्छ सम्यमित रहँदा उचित होला ।
मकर: (भो जा जी जु जे जो खा खि खु खे खो गा गी)
मकर राशि हुने हरुको ग्रह स्थिति अनिष्टप्रद छ । शनिको अन्त्य साढेसाती दशा हुनाले त्यति राम्रो समय देखिँदैन । सन्तान पक्षबाट असन्तोष, पशुचौपायबाट केहि नोक्सानी, झुटा आरोप लाग्ने, अनावश्यक खर्चमा बृद्धि, शत्रुको सामना, दुर्घटना, स्व व्यवसायबाटपनि सोचे जस्तो नहुने, नजिकका आफन्तजनबाट धोका साथै नचिताएका कार्यहरु आईपर्ने र नयाँ कार्य गर्न असमर्थ हुने अवस्था आउला । न्यायीक क्षेत्रमा पनि सफलता पाउन मुस्किल पर्ला तथा विपत्तिमा कसैको सहयोग नमिल्न सक्ने देखिन्छ । राम्रो समय प्राप्तिको लागि शनिको पुजा, जप आरधाना गर्नु उत्तम होला । बर्षको पुर्वार्धमा चौथो राहुको प्रभावले मातृपक्षमा केहि स्वास्थ्यगत समस्याहरु देखा पर्ला । बर्षको उत्तरार्धमा तेश्रो राहुको प्रभावले आत्मविश्वासमा बृद्धि होला । यस समयावधिमा नयाँ कामको थालनी गर्नु त्यति राम्रो नरहला भने धार्मिक क्षेत्रमा पनि बाधक रहने देखिन्छ । सम्यम भएर अगाडी बढ्नु उत्तम रहनेछ ।
कुम्भ : (गु गे गो सा सी सु से सो दा)
कुम्भ राशि हुनेहरुको लागि पनि ग्रह गोचर केहि अनिष्ट कारक देखिन्छ । शनिको मध्य साढेसाति दशा हुनाले समय संघर्षपुण रहला । पारिवारिक असन्तुष्टि, चौपायबाट नोक्सानी, मिथ्याअपवाद, व्यर्थ गमन, शत्रु सामना, अनावश्यक मनमा भय उत्पन्न होला । धार्मिक क्षेत्रमा मन नजाला । गरिरहेको व्यवसायबाट सोचेझैँ नहोला । निरन्तरता दिएको खण्डमा केहि मात्रामा सफलता मिल्ला । व्यापारीक कार्य मध्यम, न्याय तथा बैदेशिक मामिला आंशिक रहला । विश्वास गरेको पक्षबाट केहि कपट हुन सक्ला सम्यम भएर अगाडी बढ्नु उत्तम रहने छ ।
मीन : (दी दु थ झ ञ दे दो चा ची)
मीन राशि हुनेहरुको लागि ग्रहगोचर सामान्य छन् । आद्य साढेसाती शनिको प्रभावले मानसिक असान्ति, काम कार्यमा अरुचि, सवारी दुर्घटना, पशु चौपायबाट नोक्सानी, आत्मबल यस कीर्ति मान प्रतिष्ठामा कमी आउला । अनावश्यक खर्च तथा स्वजनहरुबाट हुने सहयोगमा कमी आउला । व्यर्थ भयले मन असान्त रहि कार्यसम्पादनमा बाधा व्यवधान सृजना हुनसक्नेछ । शत्रुहरुले अव्यक्त तथा अदृश्य रुपमा षडयन्त्र गरि व्यर्थ झमेलामा पारिदेलान । स्वास्थ्य क्षेत्रमा कुनै नयाँ रोगको भय रहला तथा पुरानै रोग भए केहि कष्ट देला । धन स्थानको बृहस्पति केहि हद सम्म जागिर तथा व्यवसायमा केही सफलता साथै केहि धन सञ्चयको योग बनाएको छ । बर्षको पुर्वार्धमा राहु केतुको प्रभावले मानसिक क्लेश तथा व्यर्थै चटपटी छुट्ने अवस्था बनाईदिन सक्नेछ । श्रमीक तथा व्यवसायीक मार्ग केही सफल तथा बैदेशिक क्षेत्र आंशिक फलदायीक रहला ।
समय जे जस्तो भएतापनि आत्मविश्वास,मेहेनत,निरन्तरता र संयमता अपनाई अगाडी बढेमा जस्तोसुकै परिस्थिती आएपनि सामना गरि सफलता पाईन्छ । अतः यो कुरालाई मध्यनजर गरि निरन्तर अघि बढ्नु सवैको भविष्य सुन्दर छ ।
- ज्यो.पं. धुर्वराज सुवेदी (९८४२२७८४८५)



