Sunday, January 19, 2025
अन्तर्राष्ट्रियचीनमा मध्यराती भूकम्प, कम्तिमा १ सय ११ को मृत्यु

चीनमा मध्यराती भूकम्प, कम्तिमा १ सय ११ को मृत्यु

काठमाडौं: उत्तरपश्चिम चीनमा गएको भूकम्पका कारण कम्तिमा १ सय ११ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा गएराति ११ बजेर ५९ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भूमकम्पमा कम्तिमा ९५ जनाको मृत्यु भएको हो ।

भूकम्पका कारण २ सय २० जना घाइते भएको समाचार संस्था सीएनएनले जनाएको छ । गान्सुसँगै छिमेकी प्रान्तमा पनि भूकम्पको प्रभाव परेको छ । गान्सुमा पनि धेरै घरहरु भत्किएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले भूकम्प ५ दशमलव ९ म्याग्निच्युड १० किलोमिटर गहिराईमा गएको जनाएको छ । भूकम्पमा परेकाहरुको विहानैदेखि उद्दार थालिएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img