समाज‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ महाभारतका पौराणिक पात्रसँग परिचित गराउने उद्देश्यले यो कृति तयार गरिएको उनले बताए ।

कक्षा ६ देखि माथिका बालबालिकालाई लक्षित गर्दै सरल र आकर्षक भाषाशैलीमा लेखिएको पुस्तकमा महाभारतका १८ वटै पर्वका मूल कथालाई संक्षेपमा प्रस्तुत गरिएको छ। चित्रकार रवि मिश्रद्वारा कोरिएका चित्रहरूले बालबालिकालाई कथासँग अझ नजिक बनाउने अपेक्षा गरिएको छ।

लेखक अनित्यका अनुसार चाडपर्वको फुर्सदिलो समयमा यस कृतिको अध्ययनले बालबालिकामा पौराणिक ज्ञान र संस्कृतिप्रतिको रुचि बढाउने विश्वास लिइएको छ।

यसअघि उनले ‘हल्ला’ (कविता सङ्ग्रह, २०७१), ‘तुइनको बाटो’ (कविता सङ्ग्रह, २०७८) र ‘शिक्षकको भाषा’ (शैक्षिक निबन्ध, २०७९) प्रकाशित गरिसकेका छन्।

कलम प्रकाशन, काठमाडौंले प्रकाशित गरेको यो पुस्तक २९८ रुपैयाँमा बजारमा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img