देशनेपाली काङ्ग्रेसकी पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन

नेपाली काङ्ग्रेसकी पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन

काठमाडौं / नेपाली कांग्रेसकी नेता एवम् पूर्वसांसद मैयादेवी श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ ।

दानवीरका रुपमा चिनिएकी श्रेष्ठको गएराति १ बजेर १० मिनेटमा उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो ।

श्रेष्ठको पार्थिव शरीरलाई आज बिहान नेपाली कांग्रेस चितवनको पार्टी कार्यालयमा र १० बजेपछि केहीबेर उनले स्थापना गरेको मैयादेवी कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिने चितवन कांग्रेसका सभापति राजेश्वर खनालले जानकारी दिए । त्यसपछि श्रेष्ठको शव दासंस्कारका लागि देवघाट लगिने भएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img