काठमाडौं / आगामी मंसिर ४ गते हुने चुनावका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले ५० पुरस्कार दिने घोषणा गरेको छ ।
निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एक मिनेटसम्मको भिडियो बनाएर आउँदो १५ गतेभित्र पठाइसक्नुपर्ने भएको छ ।
आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने जनाएको छ । उनीहरुलाई प्रशंसापत्रसमेत प्रदान गरिने बताइएको छ ।



