काठमाडौं / भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ४० जना भन्दा धेरै घाइते भएका छन् ।
मृत्यु हुने दिवाली मनाउन घर जाँदै गरेका मजदुर रहेका छन् । झण्डै सय जना यात्रु बोकेको बस उत्तर प्रदेशको गोरखपुर जाँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मध्य प्रदेशको रीवाबाट ७० किलोमिटर टाढा सोहागी डाँडामा गएराति बस दुर्घटना भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको तथा थप जानकारी आउन बाकि रहेको छ ।- साङ्केतिक तस्बिर