काठमाडौं : सामाजिक सन्जालमा निकै सक्रिय नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले पछिल्लो समयमा पनि एक पछि अर्को असल काम गरिरहेका छ्न । उनको एक फेसबुक पोष्ट मार्फत २ वर्षदेखि हराईरहेका एक किशोरको घर पत्ता लागेको छ ।
जुन फेसबुकको एउटा पोष्ट गरेको ८ मिनटमा नै विगत २ वर्षदेखि हराईरहेका एक किशोरको घर परिवार पत्ता लगाउन सफल भयका हुन ।विगत २ वर्षदेखी घरपरिवारबाट सम्पर्क बिच्छेद भएका एक किशाेरलाई पुर्व सचिव भिम उपाध्यायले घरपरिवार संग सम्पर्क गराईदिएका छन् ।
सल्यान जिल्लाकाे छत्रेश्वरी गाँउपालिका वडा न ३ तारुपरे स्थाई घर भएका यमराज घर्तिमगरले आफ्नाे परिवारसंग सम्पर्क गरेका हुन् ।
किशाेर हरिद्वारकाे बालगृहमा रहेकाे र परिवारकाे सम्पर्क नभएकाे स्टाटस फाेटाे सहित भिम उपाध्यायले फेसबुकमा पाेष्ट गरेका थिय । पिष्ट गरेको ८ मिनेटमै परिवार सम्पर्कमा आएकाे उपाध्ययले जानकारी दिए ।
साममजिक सन्जालमा निकै सक्रिय उपाध्यायले यस अघि पनि ६ वर्षको उमेरमा परिवारबाट सम्पर्कविहिन भएका स्याङ्जाको वालिङ नगरपालिका वडा नं ५ का सुकुन्त शर्मालाई हराएको ३७ वर्षपछि घर भेट्याईदिएका थिए ।



