काठमाडौं : सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको स्वास्थ्य समस्यामा अस्वस्थ हुनुभएको छ ।
निमोनियाका कारण गएराति देखि वीर अस्पताल भर्ना भएकी झाक्रीको कोरोना संक्रमण भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।निमोनिया भएकाले उनलाई अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। उनका श्रीमानलाई काेराेना संक्रमण देखिएको छ ।
सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री गएको सोमबारदेखि नै मन्तालय जानुभएको थिएन् फुर्वा तामाङ भन्नुभयो । हिजो स्वास्थ्य परीपक्षण गराँउदा उहाँमा निमोनिया देखिएको छ ।
मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भईरहेको सहयोगी फुर्वा तामाङले बताउनु भएको छ ।



