देशबागमती प्रदेशबागमती प्रदेशका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। यसअघि नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा सरकार गठन गरेका बानियाँले संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन्।

यही साउन २० मा मुख्यमन्त्री पदमा नियुक्त बानियाँले ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रदेश सभा सचिव रामकुमार पौडेलद्वारा बिहीबार सार्वजनिक गरिएको सूचनापत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) अनुसार मुख्यमन्त्री बानियाँले विश्वासको मत प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ।

यसका लागि सभामुख भुवन कुमार पाठकले साउन २७ गते अपरान्ह ४ बजे प्रदेश सभा बैठक बस्नेगरी मिति निर्धारण गरेका छन्। बैठकमा विश्वासको मत प्रस्तावमाथि छलफल गरी मतदान गरिनेछ।

मुख्यमन्त्री बानियाँले हाल प्रदेशको नेतृत्व गरिरहेका छन्। हालको सत्ता समीकरणमा नेपाली कांग्रेस र नेकपा एमालेसहितको समर्थनमा बनेको सरकारलाई विश्वासको मत पाउनुपर्ने संवैधानिक आवश्यकता छ। विश्वासको मत प्रक्रिया प्रदेश सरकारको स्थायित्व र आगामी नीतिगत निर्णयका लागि महत्वपूर्ण मानिन्छ।

कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

आफ्नै दलका नेता बहादुरसिंह लामालाई विस्थापन गर्दै बानियाँ मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री बन्न बानियाँले लामाविरुद्ध कांग्रेसको प्रदेश संसदीय दलमा अविश्वास प्रस्ताव पारित गराई चुनावबाट आफैँ दलका नेता बनेका थिए। दलको नेतामा चुनाव हारेपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img