देशबागमती प्रदेशमकवानपुरमा चट्याङ लाग्दा एकजनाको मृत्यु, सातजना घाइते

मकवानपुरमा चट्याङ लाग्दा एकजनाको मृत्यु, सातजना घाइते

हेटौंडा | मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा मंगलबार दिउँसो चट्याङ लाग्दा ४२ वर्षीय विशाल ब्लोनको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, मंगलबार अपराह्न करिब साढे ४ बजे स्थानीय पालबहादुर घलानको घरमा किरियाको कामकाजका क्रममा चट्याङ लाग्दा ब्लोन घटनास्थलमै मृत्यु भएको हो।

घाइतेको रूपमा १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवनको राप्ति नगरपालिका–११ का ४७ वर्षीय पानबहादुर मोक्तान रहेका छन्। प्रहरीले जनाएको छ कि उनीहरूको टाउको, हात र खुट्टामा सामान्य चोटपटक लागेको छ र अवस्था सामान्य छ।

घाइतेलाई उपचारका लागि मनहरी अस्पतालमा पठाइएको छ भने घटनास्थल प्रहरी टोलीले सुरक्षित राखेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट थप प्रहरी टोली खटाएर कानुनी प्रक्रिया अघि बढाइँदैछ, मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img