देशबागमती प्रदेशमनहरी चट्याङ घटनामा मृतक परिवारलाई प्रदेश सरकारद्वारा एक लाख सहयोग

मनहरी चट्याङ घटनामा मृतक परिवारलाई प्रदेश सरकारद्वारा एक लाख सहयोग

हेटौँडा | बागमती प्रदेश सरकारले मकवानपुरको मनहरी गाउँपालिका–६, दैलीडाँडामा चट्याङ लागी मृत्यु भएका एक व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

प्रदेश प्रमुख सचिवलाई आवश्यक प्रक्रिया अघि बढाउन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्देशन दिएका छन्। प्रदेश विपद् कोषबाट सहयोग रकम उपलब्ध गराइनेछ। घटनामा घाइते भएका व्यक्तिहरूको उपचार सहज बनाउन स्थानीय तहसँग समन्वय गर्न पनि उनले आग्रह गरेका छन्।

मंगलबार दिउँसो ४ बजेर २० मिनेटतिर चट्याङ लाग्दा ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा १२ वर्षीय सुजन घलान, १२ वर्षीया वर्षा घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएका छन्।

बुधबार मनहरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले आफू निर्वाचित क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लामिटार–चकरी–मकरी सडक कालोपत्रे गर्ने, पुल तथा अन्य पूर्वाधार विकासलाई अघि बढाउने योजना उनले प्रस्तुत गरे।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई गाउँपालिकाले सम्मान गरेको थियो। यसअघि उनले मनहरीस्थित सम्पर्क कार्यालयमा पुगेर स्थानीय समस्या प्रत्यक्ष सुनेका थिए।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img