मकवानपुरकैलाश गाउँपालिकाचेपाङ दम्पतीलाई घर हस्तान्तरण

चेपाङ दम्पतीलाई घर हस्तान्तरण

मकवानपुर | बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको कैलाश गाउँपालिका–४ धुरसाङका लालकुमार र सानुमाया चेपाङ दम्पतीका लागि नयाँ घर निर्माण गरी हस्तान्तरण गरेका छन्।

मुख्यमन्त्री बानियाँले आफ्नो सेवा सुविधाबाट प्राप्त रकम खर्च गरेर निर्माण गरिएको घर आइतबार दम्पतीलाई हस्तान्तरण गरिएको हो। विगत लामो समयदेखि जीर्ण घरमा बस्दै आएका ५० वर्षीय लालकुमार र आंशिक अपांग सानुमाया अब सुरक्षित घरमा बस्ने भएका छन्।

गाउँपालिकाले दम्पतीलाई अति विपन्न नागरिकको रुपमा पहिचान गर्दै मुख्यमन्त्री बानियाँलाई घर निर्माणका लागि सिफारिस गरेको थियो।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकारमार्फत गरिब, दलित, सिमान्तकृत र एकल महिला समेटेर बागमती प्रदेशभर एक  हजार घर निर्माण गर्ने योजना अघि बढाइरहेको जानकारी दिएका छन्। यस योजनाअन्तर्गत प्रत्येक परिवारलाई बिना ब्याज २ लाख रुपैयाँ ऋण उपलब्ध गराइने व्यवस्था पनि हुने छ।

घर हस्तान्तरण कार्यक्रममा कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानलगायतले उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img