राशिफलदैनिक राशिफलपौष ७ गते सोमबारको भाग्यफल

पौष ७ गते सोमबारको भाग्यफल

वि.सं. २०८२ पौष ७ गते सोमबार, पौष शुक्लपक्षको द्वितीया तिथि बिहान ९:५१ बजेसम्म रही त्यसपछि तृतीयामा प्रवेश गर्दैछ। बिहान ६:५२ मा सूर्य उदाएर बेलुका ५:१२ मा अस्ताउँछ भने दिनभर उत्तरषाढा नक्षत्र प्रभावी भई राति २८:५८ पछि श्रवण नक्षत्र लाग्नेछ। ध्रुव योग साँझ ५:०१ बजेसम्म रहँदा कार्यसिद्धि र स्थायित्वका लागि अनुकूल मानिन्छ, त्यसपछि व्याघात योग प्रारम्भ भएकाले हतार र लापरवाहीबाट जोगिनु उचित हुन्छ। चन्द्रमा बिहान ९:५४ बजेसम्म धनु राशिमा रही त्यसपछि मकर राशिमा प्रवेश गर्ने भएकाले दिनको उत्तरार्धदेखि व्यवहारिक सोच, जिम्मेवारी र अनुशासनमा जोड आउने संकेत देखिन्छ। हेमन्त ऋतु र दक्षिणायनको प्रभावले आज धैर्य, संयम र योजनाबद्ध कार्यमा सफलता मिल्ने ज्योतिषीय संकेत गर्दछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापित गर्ने उत्तम समय हो। राजनीति वा समाजसेवामा संलग्न हुनुहुन्छ भने पद, सम्मान र पहिचान तपाईंको नजिक आइरहेको छ। योजनाबद्ध ढंगले जिम्मेवारी पूरा गरे सफलता सुनिश्चित हुनेछ। रमाइलोभन्दा कामको चाप बढ्न सक्छ र व्यवसायिक कारणले टाढा यात्रा गर्नुपर्ने सम्भावना छ। व्यस्तताबीच पनि सम्बन्धमा माया र समझदारी कायम रहनेछ। आजका लागि शुभअङ्क १, शुभ रङ सेतो/घिउरङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शशिशेखराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज व्यक्तित्व विकास र सम्मान प्राप्तिको राम्रो योग बनेको छ। सिनियर र मान्यजनको समर्थनले भविष्यतर्फ सकारात्मक ढोका खुल्नेछ। लक्ष्यमा पुग्ने दृढता देखिनेछ र नयाँ कामको थालनी सफल हुनसक्छ। सानो प्रयासबाट ठूलो उपलब्धि हासिल गर्ने दिन हो। प्रशंसा र सद्भाव तपाईंको पक्षमा रहनेछ। आज ३० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ नीलो/कालो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज नयाँ विषय सिक्ने अवसर मिले पनि हतार र आवेग हानिकारक बन्न सक्छ। बढ्दो खर्च र ऋणले मानसिक तनाव दिन सक्छ, त्यसैले आत्मसन्तुलन आवश्यक छ। परिस्थितिसँग हार नमानी अघि बढ्नु नै आजको चुनौती हो। विवेकको प्रयोग नगर्दा विवाद र अपजसको सम्भावना छ। महत्त्वपूर्ण निर्णयमा सिनियरको सल्लाह लिनु लाभदायक हुनेछ। आज ३५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो/पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज एकान्तमा समय बिताउने र मन हलुका बनाउने अवसर मिल्नेछ। मनमा थन्किएको कुरा विश्वासिलो साथीसँग साझा गर्दा राहत मिल्नेछ। कठोरता र जिदले समस्या निम्त्याउन सक्छ, त्यसैले लचकता अपनाउनु बुद्धिमानी हुनेछ। खानपान र स्वास्थ्यमा अनुशासन आवश्यक छ। अनलाइन तथा प्रविधिसम्बन्धी कामबाट लाभको संकेत देखिन्छ। आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सों सोमाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज घमण्ड र क्रोध नियन्त्रणमा राख्न सके सफलता हात लाग्नेछ। पारिवारिक र व्यक्तिगत जिम्मेवारीबीच सन्तुलन मिलाउनु आवश्यक छ। प्रतिभा प्रदर्शन र अतिरिक्त कामका लागि अनुकूल समय भए पनि विवादको सम्भावना रहन्छ। साझेदारी व्यवसायमा लाभ र लोकप्रियता बढ्ने संकेत छ। चुनौती आए पनि दृढताका साथ काम बनाएरै छाड्नुहुनेछ। आज ७० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अश्विनीकुमाराभ्यां नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परीक्षा, अन्तर्वार्ता वा प्रतिस्पर्धामा सफलता नजिक छ। सिर्जनात्मक सोच र नयाँ ऊर्जा आज तपाईंको बल बन्नेछ। कम मिहिनेतमा पनि उल्लेखनीय उपलब्धि हात लाग्न सक्छ। ज्ञानमूलक काममा सक्रियता बढ्नेछ। आज गरिएको प्रयासले भविष्य उज्यालो बनाउनेछ। आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं सरस्वत्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज अरूको भरमा काम गर्दा धोका पाउन सकिन्छ। विगतका कमजोरी सुधार्ने अवसर पनि यही दिन मिल्न सक्छ। घरजग्गा, शेयर र घरेलु सामग्रीमा लाभको योग छ। स्वास्थ्य कमजोर भए पनि पारिवारिक जिम्मेवारीले व्यस्त बनाउनेछ। परिवारको सहयोगले काम सहज रूपमा अघि बढ्नेछ। आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउरङ र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज सामाजिक काम, करियर परिवर्तन वा उच्च शिक्षाबारे सोच बढ्नेछ। बढुवा वा नयाँ जिम्मेवारी पाउने सम्भावना छ। आफन्त र नातागोताको काममा पनि समय दिनुपर्ला। साथीसँगको भेटघाटले मन हलुका बनाउनेछ। चुनौतीहरू चिर्दै परिस्थिति आफ्नो पक्षमा पार्न सक्नुहुनेछ। आज ७५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भालचन्द्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज बोली र व्यवहारकै कारण महत्त्वपूर्ण काम बन्नेछ। सिनियर र वरिष्ठलाई प्रभावित पार्न सकिने दिन हो। व्यक्तिगत चाहनाका कारण खर्च बढ्न सक्छ। पारिवारिक र सामाजिक सम्बन्ध सुदृढ हुने समय हो। मेहनतअनुसार कार्यक्षेत्रमा राम्रो लाभ प्राप्त हुनेछ। आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कृषि, जडीबुटी, काठपात र औषधी व्यवसायमा लाभदायक दिन छ। नयाँ लगानी वा नयाँ काम सुरु गर्न अनुकूल समय हो। जीवनसाथी र परिवारको पूर्ण साथ मिल्नेछ। जिद र हठले भने समस्या निम्त्याउन सक्छ। आत्मविश्वास र मिहिनेतले असम्भवलाई सम्भव बनाउने दिन हो। आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ नीलो/कालो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ छायापुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज कारोबारमा सजिलै विश्वास गर्नु उपयुक्त छैन। तालमेल कमजोर हुनसक्ने भएकाले सतर्कता आवश्यक छ। ठूलाबडाको सम्मान र मर्यादामा ध्यान दिनु बुद्धिमानी हुनेछ। एउटै दिनचर्याबाट दिक्क लाग्ने दिन हो। नयाँ सीप सिक्ने र कार्यशैली परिवर्तन गर्ने इच्छा जाग्नेछ। आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःपशुपतये यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज बुद्धि र विवेक प्रयोग गरे लक्ष्य प्राप्ति सम्भव छ। रोकिएका कामले नयाँ गति लिन सक्छन्। दौडधूप बढे पनि समन्वयको कमी देखिन सक्छ। बोली र व्यवहारले अवस्था सहज बनाउन सक्नुहुनेछ। खर्च बढ्ने सम्भावना भएकाले धैर्य र संयमता अपनाउनु उत्तम हुनेछ। आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ/सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सुधाकराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img