राजनीतिरास्वपा मकवानपुर : कुन पालिकामा कसको नेतृत्व ?

रास्वपा मकवानपुर : कुन पालिकामा कसको नेतृत्व ?

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ। अधिकांश पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ भने हेटौँडा उपमहानगरपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।

रास्वपा मकवानपुरका कार्यवाहक सभापति प्रकाश गौतमका अनुसार जिल्लाका सबै पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ। अब पार्टी जेठ २३ गते हेटौँडामा हुने जिल्ला अधिवेशनको तयारीमा जुटेको छ। जिल्ला अधिवेशनबाट रास्वपा मकवानपुरको औपचारिक जिल्ला नेतृत्व चयन हुनेछ।

हेटौँडा उपमहानगरपालिका नगर कमिटीको सभापतिमा महेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। थाहा नगरपालिकाको सभापतिमा जयराम केसी चयन भएका छन्। मकवानपुरगढी गाउँपालिकामा अर्जुनप्रसाद दाहालले नेतृत्व पाएका छन् भने मनहरी गाउँपालिकाको सभापतिमा गोविन्द सापकोटा पुनः चयन भएका छन्।

त्यस्तै, इन्द्रसरोवर गाउँपालिकामा मानकाजी लामा सभापतिमा चयन भएका छन्। बागमती गाउँपालिकाको सभापतिमा सुजन पाख्रीन सर्वसम्मत चयन भएका छन्। कैलाश गाउँपालिकामा सुदीप विष्ट, राक्सिराङ गाउँपालिकामा राजन मल्ल र बकैया गाउँपालिकामा अमल डङ्गाल सभापतिमा चयन भएका छन्।

भीमफेदी गाउँपालिकामा बद्री पौडेल पालिका सभापतिमा चयन भएका छन्। यससँगै रास्वपा मकवानपुरका १० वटै पालिकामा नेतृत्व चयन प्रक्रिया पूरा भएको हो।

रास्वपा मकवानपुरका सचिव सञ्जीव पाठकले पालिका अधिवेशन सम्पन्न भएसँगै जिल्ला अधिवेशनको तयारी तीव्र बनाइएको जानकारी दिए। उनका अनुसार जेठ २३ गते हेटौँडामा हुने जिल्ला अधिवेशनले जिल्ला संरचनालाई पूर्णता दिनेछ।

रास्वपा मकवानपुरमा यसअघि भरत पराजुलीले सभापति पद छाडेपछि तत्कालीन उपसभापति प्रकाश गौतम कार्यवाहक सभापति छन्। पार्टीले पालिका नेतृत्व चयनपछि संगठन विस्तार र आगामी प्रदेश तथा महाधिवेशन प्रक्रियासँग जोडिएका तयारी अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img