Friday, June 20, 2025
बागमती प्रदेशमकवानपुरहेटौँडाको पशुपतिमा भक्तजनको घुईचो

हेटौँडाको पशुपतिमा भक्तजनको घुईचो

spot_img

हेटौँडा | साउन महिनाको अन्तिम सोमबार, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा रहेको पशुपतिनाथ मन्दिरमा श्रद्धालुहरुको भारी भीड देखिएको छ। मकवानपुरका अन्य स्थानीय तहका शिवालयहरुमा पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको छ।

साउन महिनाभर सोमबार व्रत बसेका श्रद्धालुहरुले आज विधिपूर्वक आफ्नो व्रत समापन गर्दैछन्। धार्मिक विश्वास अनुसार, यस दिन गरिने पूजा, व्रत र दानले सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याण प्राप्त हुने मानिन्छ।

-Ads-

धर्मशास्त्रका अनुसार, साउनको सोमबार भगवान शिवको प्रिय दिन मानिन्छ। यसैबीच, बोलबम तीर्थयात्रीहरु पनि देशभरका शिवालयहरुमा भेला भएका छन्, जसले गर्दा मन्दिरहरुमा भक्तजनको संख्या अझै बढेको छ।

pashupati hetauda
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img