बागमती प्रदेशमकवानपुरनेपाल उद्योग व्यापार महासंघ मकवानपुरको अध्यक्षमा जगदिश दाहाल चयन

नेपाल उद्योग व्यापार महासंघ मकवानपुरको अध्यक्षमा जगदिश दाहाल चयन

हेटौँडा | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट जनवर्गीय संगठन नेपाल उद्योग व्यापार महासंघ मकवानपुरको अध्यक्षमा जगदिश दाहाल चयन भएका छन्। माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा बागमती प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री कमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न विस्तारित बैठकबाट दाहाललाई अध्यक्षमा चयन गरिएको हो।

सल्लाहकारहरूको रुपमा इन्द्र रिजाल, पुष्पराज पुडासैनी, अजिव भट्टराई, बुद्धराज अर्याल, जयराम अर्याल, र बिष्णु कालाखेतीलाई चयन गर्दै जिल्ला समितिलाई पूर्णता दिइएको छ।

समितिमा अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष राजन ढकाल, उपाध्यक्षहरू लालु दुधराज र ओमप्रकाश खतिवडा, सचिव उध्दव देवकोटा, सह-सचिव सुदिप तिमल्सिना, कोषाध्यक्ष नारायण कृष्ण श्रेष्ठ र सह-कोषाध्यक्ष विक्रम खत्रीसहित २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथी कमारी मोक्तानले शुभकामना मन्तव्य राख्दै नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेकोमा चिन्ता व्यक्त गरे। उनले भनिन्, “नेपाल गुन्द्रुकबाट चिनिएको देश हो, तर अहिले त्यही गुन्द्रुक पनि विदेशबाट ल्याउनुपरेको अवस्था छ।”

कार्यक्रममा विशिष्ट अतिथी नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठ, केन्द्रीय सदस्य विजय गौतम, माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु), र महासंघका केन्द्रीय महासचिव खिम पराजुलीलगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको सञ्चालन महासंघका केन्द्रीय सदस्य प्रदिप अर्यालले गरेका थिए।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img