इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते

हेटौँडा | पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ६ सुनाचुरीस्थित सडक खण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाइएको जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

बस चालक बाराको कोल्बी नगरपालिका– ११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

हेटौँडा अस्पतालका चिकित्सक जबरजस्ती करणीको आरोपमा पक्राउ

हेटाैँडा । हेटौँडा अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–४ घर भई हाल हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगर नजिक डेरा गरी बस्दै आ…

भीमफेदी दुर्घटनाको प्रतिवेदन : ४९ घण्टामा करिब ३४ घण्टा यात्रा, ११ सिटको ईभीमा २० जना

भीमफेदीमा १४ जनाको ज्यान गएको ईभी दुर्घटनाको छानबिन प्रतिवेदनले चालकको लगातार लामो यात्रा र पर्याप्त विश्रामको अभावलाई सम्भावित कारण मानेको छ। ११ जनाको क्षमता भएको गाडीमा २० जना सव…

इन्फो नेपाल संवाददाता

क्रिकेटर रिजन ढकाललाई हेटौँडा स्कुल अफ म्यानेजमेन्टको १ लाखसहित सम्मान

हेटाैँडा। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेटर रिजन ढकाललाई हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेजले नगद एक लाख रुपैयाँसहित…