बागमती प्रदेशमकवानपुरहेटौँडामा मोबाइल खरिद तथा मर्मत बम्पर योजना सुरु

हेटौँडामा मोबाइल खरिद तथा मर्मत बम्पर योजना सुरु

हेटौँडा | दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै मोबाइल एसोसिएशन अफ नेपाल (म्यान) मकवानपुरले मोबाइल खरिद तथा मर्मतमा बम्पर उपहार योजना सुरु गरेको छ। बुधबार आयोजित कार्यक्रममा म्यान मकवानपुरका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षता र नेपाल मोबाइल व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष एसीस रिजालको प्रमुख आतिथ्यतामा योजनाको शुभारम्भ गरिएको हो।

कार्यक्रम संयोजक एवम् म्यान मकवानपुरका वरिष्ठ उपाध्यक्ष राजकुमार दाहालका अनुसार करिब २० हजार कुपन वितरण गर्ने तयारी छ। एक हजार रुपैयाँभन्दा बढीको मोबाइल वा सामग्री खरिद गर्ने ग्राहकलाई सहभागी व्यवसायीहरूबाट कुपन उपलब्ध गराइनेछ।

योजनाअन्तर्गत एक जनाले टिभिएस स्कुटर जित्ने अवसर पाउनेछन्। त्यसैगरी, लकी ड्र मार्फत दुई जनाले १८० लिटरको फ्रिज, तीन जनाले ३२ इञ्चको स्मार्ट टेलिभिजन, ४ सय जनाले इयरबड्स र पाँच हजार जनाले माई पावर कम्पनीको इयरफोन प्राप्त गर्नेछन्।

उपहार योजना भदौ ५ गतेदेखि पुस ५ गतेसम्म लागू हुने छ भने पुरस्कार वितरण पुस १७ गते हेटौंडामा आयोजना हुने विशेष सांगीतिक कार्यक्रममा गरिनेछ।

म्यान मकवानपुरका अध्यक्ष न्यौपानेका अनुसार यो योजना मकवानपुर मात्र नभई हेटौंडा, मनहरी, थाहा नगर र पूर्वी क्षेत्रका मोबाइल व्यवसायमा समेत लागू हुनेछ। गत वर्ष पनि कोष खडा गर्ने उद्देश्यसहित यस्तै बम्पर योजना सञ्चालन गरिएको थियो।

योजनाको मुख्य प्रायोजक साओमी ब्रान्ड रहेको छ। साथै, अन्य मोबाइल ब्रान्ड र हेटौंडाका मोबाइल व्यवसायीहरूको सहयोग रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा म्यान मकवानपुरका पूर्व अध्यक्ष नवराज चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, म्यान मनहरी क्षेत्र अध्यक्ष हीमशिखर ब्लोन, पूर्व अध्यक्ष दिनेश लामा, महासंघ प्रदेश महासचिव विज्ञान घिमिरेलगायतको उपस्थित थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img