Thursday, March 27, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकाकक्षा ११ मा अध्ययनरत शिखा फागुन ११ देखि बेपत्ता

कक्षा ११ मा अध्ययनरत शिखा फागुन ११ देखि बेपत्ता

हेटौँडा | हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत १६ वर्षीया शिखा अगस्ती फागुन ११ गतेदेखि बेपत्ता भएकी छन्। शिखा विद्यालय छुट्टीपछि घर फर्कनुपर्ने भए पनि घर नपुगेपछि परिवार चिन्तामा छ।

हेटौँडा–११, थानाभर्याङ डाङडुङे बस्ने शिखा आईतबार विद्यालय छुट्टीपछि घर हिँडेको भए पनि अझै घर नपुगेको र कुनै जानकारी प्राप्त नभएको परिवारले जनाएको छ। उनका अभिभावक शिवप्रसाद अगस्तीले आफ्नी छोरीको खोजीका लागि मकवानपुर प्रहरीमा निवेदन दिएका छन् र सबैलाई सहयोग गर्न अपिल गरेका छन्।

अभिभावकले छोरीको अवस्थाबारे कुनै जानकारी पाउन सकेका छैनन्। शिखाको बेपत्ताको कारण परिवारमा गहिरो चिन्ता र अशान्ति छ। शिखाको खोजी कार्यमा मकवानपुर प्रहरीले संलग्न हुँदै खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img