शिक्षापहिलो पाइलाको हेटौँडाको तेस्रो अभिभावक भेला सम्पन्न

पहिलो पाइलाको हेटौँडाको तेस्रो अभिभावक भेला सम्पन्न

हेटौँडा | गुणस्तरीय बालशिक्षा र अभिभावक सहभागिता अभिवृद्धि गर्ने लक्ष्यसहित ‘पहिलो पाइला शिशु स्याहार केन्द्र’ हेटौँडाले तेस्रो अभिभावक भेला सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष अंकिता सुमार्गीको सभाध्यक्षता तथा बागमती प्रदेश विश्वविद्यालयका उपाध्यक्ष कुसुमराज सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले ‘पहिलो पाइला’ बालशिक्षाको प्रभावकारी नमुना बन्न सफल भएको बताए । चितवनका विभिन्न मोंटेश्वरीहरूको अवलोकनपछि हेटौँडाको यो संस्था शिक्षाका दृष्टिले अझ व्यवस्थित र प्रभावशाली रहेको उनको भनाई थियो । बालबालिकाले प्रस्तुत गरेका गतिविधिले अभिभावकहरूको मन छोएको भन्दै उनले ‘शिशु स्याहार र प्रारम्भिक शिक्षामा यो संस्थाले नयाँ उचाइ हासिल गरिरहेको छ’ भने ।

नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य तथा हेटौँडा एकेडेमीका अध्यक्ष अरुणराज सुमार्गीले ‘पहिलो पाइला’ कोरोना महामारीको चुनौतीपूर्ण समयमा स्थापना भए पनि छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको बताए । दुई जना बालबालिकाबाट सुरु भएको संस्था अहिले व्यापक रूपमा अघि बढेको स्मरण गर्दै उहाँले संस्थाका शिक्षक, व्यवस्थापक तथा अभिभावकहरूप्रति आभार व्यक्त गरे ।

प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले ‘पहिलो पाइला’ले मकवानपुरलाई शैक्षिक रूपमा उन्नत बनाउने दिशामा महत्वपूर्ण काम गरिरहेको बताए  ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष शुशील घिमिरे, आरम्भ शिशु स्याहार केन्द्रकी अध्यक्ष शुशीला भण्डारी लगायत विभिन्न विद्यालयका प्रतिनिधि, प्रधानाध्यापक तथा अभिभावकहरूको उपस्थिति थियो।

बालबालिकाले प्रस्तुत गरेका सिर्जनात्मक नृत्य र गतिविधिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। शिशु शिक्षा र अभिभावक सहभागिताको यस्तो प्रयासले हेटौँडाको बालशिक्षा क्षेत्रलाई नयाँ पहिचान दिने विश्वास गरिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img