Friday, July 18, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकाहेटौँडामा २२औँ राष्ट्रिय धान दिवस मनाइयो, मेयर लामाद्वारा यान्त्रिक रोपाइँमार्फत उद्घाटन

हेटौँडामा २२औँ राष्ट्रिय धान दिवस मनाइयो, मेयर लामाद्वारा यान्त्रिक रोपाइँमार्फत उद्घाटन

spot_img

हेटौँडा | ‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ २२औँ राष्ट्रिय धान दिवस आइतबार हेटौँडामा पनि विविध कार्यक्रमका साथ मनाइएको छ। साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा र हेटौँडा उपमहानगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा नगर प्रमुख मिना कुमारी लामाले धान रोप्ने मेसिन सञ्चालन गरी रोपाइँ गर्दै दिवसको औपचारिक उद्घाटन गरिन्।

हेटौँडा–१७ स्थित राजदेवी क्षेत्रमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनको आर्थिक सहयोग रहेको थियो। कार्यक्रम अवलोकनका लागि विभिन्न विद्यालयका विद्यार्थीहरूलाई समेत खेतमा लगिएको उपमहानगरले जानकारी दिएको छ।

- Advertisement -

नगरपालिकाले हाल हेटौँडा–१७ क्षेत्रलाई ‘धान पकेट क्षेत्र’को रूपमा विस्तार गरिरहेको छ। उक्त योजनाअनुसार स्थानीय कृषकहरूलाई धानको बीउ, आवश्यक किटनाशक औषधि, ट्र्याक्टर, हातेपम्प र त्रिपाललगायत उपकरण तथा सामग्री वितरण गरिएको उपमहानगरले जनाएको छ।

यसै अवसरमा हेटौँडा–११ मा पनि राप्ती तल्लोटोल टोल विकास संस्थाको आयोजनामा र उपमहानगरपालिकाको सहकार्यमा धान दिवस विशेष कार्यक्रम गरिएको थियो। बाजागाजा सहित सम्पन्न सो कार्यक्रममा मेयर लामा लगायत उपमहानगरका अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस नेपालमा वर्षे बालीको सुरुआतसँग जोडिएको विशेष अवसर हो। यस दिवसमार्फत धान खेतीप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य लिइन्छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img