देशकर्णाली प्रदेशनेपालगञ्‍जबाट मुगु जाँदै गरेको बस दुर्घटनामा मृ'त्यु हुनेको संख्या २३ पुग्यो

नेपालगञ्‍जबाट मुगु जाँदै गरेको बस दुर्घटनामा मृ’त्यु हुनेको संख्या २३ पुग्यो

(अपडेट)। नेपालगन्जबाट मुगुका लागि आएका बस यहाँस्थित छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटनाग्रस्त भएको छ । दुर्घटना आज (मंगलबार) दिउँसो २ बजेतिर भएको हो ।

छाँयानाथ रारा गाउँपालिका– ७ स्थित पिनागाउँ (झ्यारीखोला) मा भे १ ख ६७ नम्बरको बस दुर्घटना भएको सो दुर्घटनामा कम्तिमा पनि २३ जनाको मृत्यु भएको छ । साथै डेढ दर्जन जति यात्रु घाइते भएको मुगु प्रहरीले जनाएको छ ।

बस नेपालगञ्जबाट दशैँमा घर फर्किएका यात्रु बोकेर मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको थियो । प्रारम्भिक जानकारी अनुसार भिरालो बाटोका कारण बस दुर्घटना भएको देखिएको छ । अहिले घटनास्थलमा घाइतेहरुको उद्धार कार्य भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

मुगुमा बस दुर्घटना, २२ जनाको मृ’त्यु

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img