काठमाडौं– मुगुको छायाँनाथ रारा नगरपालिकाको–७ र ८ को बीचमा पर्ने झ्यारी खोलामा भएको बस दुर्घ’टनामा मृ’त्यु हुनेको संख्या ३२ पुगेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घट’नास्थलमा २४ जनाको घट’नास्थ’लमै मृ’त्यु भएको हो। २ जनाको घट’नास्थलबाट उद्दार गरेर विमानस्थलमा लैजाने क्रममा तथा २ जनाको विमानस्थल पु’र्याएपछि मृ’त्यु भएको हो। यस्तै, ४ जनाको उ’पचारका लागि नेपालगञ्ज नर्सिङ होममा पु’र्याएपछि मृ’त्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार बसमा ४५ जना सवार थिए। अन्य सबै यात्रु घा’इते रहेका प्रहरीले जानकारी दिएको छ। घा’इतेमध्ये १ बालकसहित १३ जनाको जिल्ला अस्पताल गमगढीमा उ’पचार भइरहेको छ।
दशैंका लागि घर फर्किने यात्रुहरु बोकेर नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस चढेको छायाँनाथ रारा नगरपालिकाको–७ र ८ को बीचमा पर्ने झ्यारी खोलामा दुर्घ’टना भएको हो।



