सुनसरी / निरन्तर परिरहेको वर्षाका कारण इटहरीका धेरै ठाउँमा डुबान भएकाे छ भने इटहरीका सम्पूर्ण समुदायिक विद्यालयहरू तीन दिनका लागि विदा गरिएको छ ।
लगातारको परेको वर्षाका कारण विद्यार्थीहरूलाई विद्यालय जान असहज परेको कारण इटहरी २० का सम्पूर्ण सामुदायिक विद्यालयहरू ३ दिन सम्म विदा गरिएको छ भने अगामि आइतबार बाट मात्रै विद्यालय सञ्चालन हुने भएको छ ।
इटहरीका २० वटै वडामा लगातार परेको वर्षाले मानिसको जनजीवन प्रभावित बन्दै गरिएको छ । टेङ्ग्रा खोला, खेती खोला र बूढी खोला,सुकुमारी खाेला क्षेत्रमा आएको पानिको इटहरीका थुप्रै बस्तिमा बसेको छ । स्थानीय ढल तथा खोलाहरू भरिएर आएको बाढी सडक तथा मानव बस्तीमा प्रवेश गर्दा इटहरीकाे आधिकांश क्षेत्रहरु जलमग्न भएकाे हाे ।
इटहरीका क्षेत्रका विभिन्न वडाका सय भन्दा बढी घर डुबानमा परी सकेका छन् । अहिलेसम्म इटहरी क्षेत्रमा मानिसको ज्यान गएको छैन तर बस्तीमा पानी पस्ने क्रम बढी रहेको छ । खेतीबाली, यासवारीसाधन, विद्यालय ,विद्युत अवरुद्ध भएको छ ।
इटहरीका वडा नम्बर २, ३, ४,५,९,१०, ११ र १२ गरि इटहरीका २० वटै वडामा प्रत्यक्ष प्रभावित बन्दै आएका छन् । वर्षा नरोकिका कारण बाढी पसेका स्थानीयसँगै अन्यलाई सर्तकता रहन इटहरीका मेयर हेमकर्ण पौडेलले आग्रह गरका छन् ।