देशकोशी प्रदेशसरकारले अयोग्य लडाकुका नाममा पैसा बाँड्न लागेको भन्दै इटहरीमा युवा संघको राँके...

सरकारले अयोग्य लडाकुका नाममा पैसा बाँड्न लागेको भन्दै इटहरीमा युवा संघको राँके जुलुस

सुनसरी / सरकारले अयोग्य लडाकुका नाममा पैसा बाँड्न लागेको भन्दै राष्ट्रिय युवा संघ सुनसरीले राँके जुलुस प्रर्दशन गरेका छन् ।

हिजो साँझ शनिबार सुनसरी जिल्ला कमिटिले इटहरीको मुख्य चोकमा देश आर्थिक संकटमा जुग्रिरहेका बेला पैसा बाढ्ने सरकारको विरोध गर्दै सरकार विरुद्ध नारा जुलुस गरेका छन् ।

इटहरी उपमहानगरदेखि मुख्यचौक सम्म प्रर्दशन गर्दै उनीहरुले अयोग्य लडाकुलाई पैसा हैन रोजगार दे, राज्यको ढुकुटि रित्याउन पाइदैन, अराजकता बन्द गर, सुशासन कायम गर, गठबन्धन सरकार मुर्दाबाद लेखेका प्ले कार्ड सहित प्रर्दशन गरेका थिए ।

itahari yuwa

विरोध कार्यक्रममा बोल्दै युवा संघ सुनसरी पुर्व जिल्ला अध्यक्ष अरुण गुरुङले अयोग्य लडाकुलाई जीवनयापनका लागि पैसा भन्दा रोजगारको आबश्यकता रहेको भन्दै रोजगारको व्यवस्था गर्नु पर्ने धारणा राखेका थिए ।

त्यस्तै, हिजो शनिबार साँझ राष्ट्रिय युवा संघ माेरङले विराटचाेक बजारमा मसाल जुलुस निकालेर अयोग्य लडाकुका नाममा राज्यकोषबाट पैसा बाँड्न लागिएको र देशमा जातीय द्वन्द्व ल्याउन सरकार नै लागिपरेको भन्दै विराेध गरेको थिए ।

aandolan

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img