देशकोशी प्रदेशट्याक्टरको ट्रलीबाट लडेर घाइते भएका चौधरीको मृत्यु

ट्याक्टरको ट्रलीबाट लडेर घाइते भएका चौधरीको मृत्यु

मोरङ / मोरङको बेलबारीमा सवारी दुर्घटना हुँदा घाइते भएका अलकछन चौधरीको मृत्यु भएको छ ।

मंसिर १४ गते बेलबारी ४ धरहरामा गिट्टी लोड गरेको को २ त ८१२० नं को ट्याक्टरमा काम गर्ने सोही ठाउँका ५० वर्षीय चौधरी ट्याक्टरको ट्रलीबाट लडेर घाइते भएका थिए ।

बाहिरी चोट नभएपनि भित्र छातीमा छोट लागी घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको थियो ।

उपचारको क्रममा उनको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img