Friday, May 16, 2025
देशकोशी प्रदेशतरहरामा तीव्र गतिको स्कुटर दुर्घटना हुँदा शिक्षकको मृत्यु
spot_img

तरहरामा तीव्र गतिको स्कुटर दुर्घटना हुँदा शिक्षकको मृत्यु

spot_img

इटहरी- इटहरी २० तरहरामा मध्यरातमा स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार बिहीबार बिहानको राति १ बजे २० मिनेटमा इटहरी २० तरहरास्थित शान्ति टोलको भित्री सडकखण्डमा गुडिरहेको स्कुटर आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा पुरुषको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ४९२९ नम्बरको स्कुटर आफैं अनियतन्त्रित भएर सडकको साइडमा रहेको स्कुलको भित्तामा ठक्कर हुँदा ३८ वर्षीय तेन्जिङ तामाङ (तितुङ)को मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानिस्थत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा बिहानको राति २ः५० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तितुङ तरहरास्थित प्याराडाइज बोर्डिङ स्कुलका शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तीव्र गतिमा रहेको स्कुटर स्कुलको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनास्थलबाट स्कुटर नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img