देशकोशी प्रदेशहतुवागढी गाउँपालिकाको दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई

हतुवागढी गाउँपालिकाको दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाको आर्थिक बर्ष २०८० ०८१ दोश्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

विहिवार गाउँपालिका केन्द्र घोडेटारमा कार्यक्रम आयोजना गरि गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले गाउँपालिकाले यो अवधिसम्म गरेका काम, सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा प्रतिवेदन पेश गरेका थिए ।

गाउँपालिकाले यो अवधिसम्म गाउँपालिका प्राप्त सम्पूर्ण बजेटको ३४ प्रतिशत बजेट खर्च गरेको प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए । स्थानीय नागरिकले उठाएका सवालको जबाफ दिँदै गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले स्थानीय नागरिकबाट आएका सल्लाह सुझावले गाउँपालिकाको आगामी दिनका योजनालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताए ।

सार्वजनिक सुनुवाईले पालिकाको सेवा प्रबाहको बारेमा जनतालई सुसुचित हुन सहयोग पुग्ने उनको भनाइ छ । स्थानीय नागरिकको सल्लाह सुझाब तथा प्रतिकृयाले समृद्ध गाउँपालिका निर्माणमा सहयोग पुग्ने अध्यक्ष राईले बताए ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img