कोशी प्रदेशइटहरीइटहरीमा खुकुरी प्रहार घटनामा संलग्न सात जना प्रहरीद्धारा सार्वजनिक

इटहरीमा खुकुरी प्रहार घटनामा संलग्न सात जना प्रहरीद्धारा सार्वजनिक

इटहरी | इटहरीमा बुधबार एक युवकमाथि भएको खुकुरी प्रहारको घटनामा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

इटहरी ६ स्थित कुवेर चौकमा इटहरी १६ का २१ वर्षीय प्रवेश बुढाथोकीमाथि खुकुरी प्रहार भएको घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीकाअनुसार खुकुरी प्रहारको घटनामा संलग्नहरूलाई प्रहरीले विराटनगरको बरगाछीबाट बुधबार राति ९ः४५ बजेतिर पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका वडा नम्बर २ बस्ने २० वर्षीय लोप्सन गुरूङ, इटहरी १८ बस्ने २२ वर्षीय ज्योतिष चौधरी, सोही वडाका २२ वर्षीय मनीष चौधरी, इटहरी १७ बस्ने २१ वर्षीय गणेश चौधरी, सोही वडाका २१ वर्षीय आशिष चौधरी, इटहरी १३ बस्ने २६ वर्षीय उमेश कोइराला र इटहरी २० बस्ने १६ वर्षीय हिमेश राई रहेका छन् ।

उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट बिहीबार पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिए ।

बुधबार इटहरी ६ को पारूहाङ चोकमा हातमा धारिलो हतियार खुकुरी बोकेर आएका उनीहरूले लखेटी–लखेटी बुढाथोकीमाथि प्रहार गरेको डीएसपी कार्कीले बताए । प्रहरीकाअनुसार खुकुरी प्रहारबाट बुढाथोकीको टाउको, हातको पाखुरा र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

स्थानीय एक होटलमा खाजा खाइरहेको समयमा मोटरसाइकलमा आएका चारजना युवकले उनीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट तत्काल फरार रहेका उनीहरूलाई खोजी गर्ने क्रममा प्रहरीले विराटनगरको बरगाछीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई बिहीबार अदालतबाट म्याद थप गरेपछिसार्वजनिक गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img