Tuesday, October 15, 2024
देशकोशी प्रदेशवराहक्षेत्रमा लालपुर्जाका वितरण गर्न भुमि मन्त्रालयमा छलफल

वराहक्षेत्रमा लालपुर्जाका वितरण गर्न भुमि मन्त्रालयमा छलफल

spot_img

सुनसरी | सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेका अव्यवस्थित बसोबास, भूमिहीन दलित ,भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने बिषयमा संघिय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा छलफल भएको छ ।

आईतवार प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतित्वको टोलीले सिंहदरवार स्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री बलराम अधिकारीसंग छलफल भएको थियो । मन्त्रालयमा भएको छलफलमा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की , राष्ट्रिय भुमि आयोगका निवर्तमान अध्यक्ष केशव निरौला , राष्ट्रिय भुमि आयोग झापा जिल्लाका निर्वतमान अध्यक्ष तिलक पाण्डे , समाजसेवि राधिका कटुवाल लगायतको सहभागिता रहेको थियो ।

राष्ट्रिय भुमि आयोग निति तथा नियम अनुसार वराहक्षेत्र नगरपालिकामा रहेका अव्यवस्थित बसोबास, भूमिहीन दलित ,भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण सकिने आधार रहेको हुदा मन्त्री वलराम अधिकारी तथा सरोकारवाल निकायका पदाधिकारीहरुसंग छलफल गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

नगरपालिकामा रहेका अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारलाई राष्ट्रिय भूमि आयोग मार्फत लालपुर्जा वितरण गराउन काम समेत भएकाले यसलाई निकास तथा सम्पन्न गराउन मन्त्रीज्युको ध्यानाकर्षण गराएको उनले बताए । लालपुर्जा बितरण गर्न योजनालाइ सफल बनाउन प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीपनि लागि पर्नु भएको र उहाकै नेतृत्वमा मन्त्रालयमा छलफल भएको उनले बताए ।
नगर भित्र रहेका अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा बितरण गराउन नगरपालिका लागि परेको नगर प्रमुख कार्कीले बताए ।

वराहक्षेत्र नगरपालिकाको वडा नं ७ मा लालपुर्जा बितरणकालागि अन्तिम चरणमा पुगे पनि वन एैन र राष्ट्रिय भुमि आयोगको नीति , नियम बाझिए पछि स्थगित हुन पुगेको राष्ट्रिय भुमि आयोगका निवर्तमान अध्यक्ष केशव निरौलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई जानकारी गराएका थिए ।

वराहक्षेत्र नगरपालिकामा भूमि आयोग नगर स्तरिय समन्वय समिति गठन भएको, वडा वडामा पनि सहजिकरण समिति गठन गरिएको। वराहक्षेत्र नगरपालिका वडा नं ७ लाई प्वाइन्ट मानेर काम अगाडि बढेको थियो । लालपुर्जा वितरणको कार्यमा सबै राजनैतिक दल, नागरिक समाजको सहयोग छ ।

नगरपालिकाले पनि क्षेत्र निर्धारण गरेर काम गरी रहेको भुमि आयोगका निबर्तमान अध्यक्ष निरौलाले मन्त्री बलराम अधिकारीलाई जानकारी दिएका थिए । तत्कालिन भुमि आयोगले वराहक्षेत्रमा गरेको काम , बनाएको योजना तथा थप गर्न पर्ने नितिगत काम बारे भुमि आयोगका निबर्तमान अध्यक्ष निरौलाले मन्त्री बलराम अधिकारी स्पष्ट पारेका थिए ।

वर्सौदेखि कोशी पिढितहरु अव्यवस्थित बसोबासीको रुपमा लालपुर्जा पाउने आशमा रहेको भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारहरु लालपुर्जाको आशमा रहेकाले यसलाइ गम्भिरता पुर्वल लिएर काम गर्न मन्त्री अधिकारीलाई प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आग्रह गरेका थिए ।

अव्यवस्थित बसोबास, भूमिहीन दलित ,भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरणकालागि गम्बित भएर लागि पर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री बलराम अधिकारीले बताए । तिक्त रहेको राष्ट्रिय भुमि आयोगमा पदाधिकारीहरु चयन गरेर काम अगाडि बढाउने प्रतिबद्बता मन्त्री अधिकारीले गरेका थिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img