डोटी : डोटीमा बस दु’र्घटना हुँदा १२ जना घाइते भएका छन् भने १८ महिनाको बच्चा हराएका छन्। कैलालीबाट अछाम जाँदै गरेको ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानीमा दु’र्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार शनिबार बिहान ५ बजेतिर भएको बस दु’र्घटनामा परी बस सहचालकसहित ४ जना गम्भीर घा’इते भएका छन् भने बाँकी ८ जना सामान्य घा’इते भएका छन्।

घा’इतेको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उ’पचार भइरहेको छ। बसमा २० देखि २५ जनासम्म यात्रुहरू सवार थिए। १८ महिनाको बच्चा हराइरहेको र उनको खोजी कार्य भइरहेको प्रवक्ता भट्टले बताए।

बस ‘दुर्घटना भएको ठाउँ सामान्य रहेको हुँदा बस तीव्र गतिका कारण दु’र्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। बस चालक फरार छन्। बस सडकबाट ७०/८० मिटर तल सेती नदी किनारमा खसेको छ।