निर्वाचन९० हजार २ सय ९२ मत गणना गर्दा यस्तो छ काठमाडौंको पछिल्लो...

९० हजार २ सय ९२ मत गणना गर्दा यस्तो छ काठमाडौंको पछिल्लो मत परीणाम

काठमाडाैं, जेठ ७ : ९० हजार २ सय ९२ मत गणना गर्दा काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३३ हजार मत कटाएका छन्।

मत गणनामा सुरुआतदेखि अग्रता बनाएका बालेनले ३३ हजार २ सय ६० मत ल्याएका छन्। उनले १५ हजार ५ सय ६८ मतको अग्रता बनाएका छन्।

यता, कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमालेका केशव स्थापितसँगको मतान्तर घटाउँदै लगेकी छिन्। केशव स्थापितले १७ हजार ६ सय ९२ र सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत पाएका छन् ।

यता, उमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो अग्रता बनाएकी छिन्। सुनिताले २६ हजार ५ सय ७५ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५ सय ९१ मत प्राप्त गरेका छन्।

महानगरका १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img