समाजविप्लव नेकपाको झन्डा एमसिसीको जग्गामा

विप्लव नेकपाको झन्डा एमसिसीको जग्गामा

नुवाकोटको बेलकोटगढी-७ रातमाटेमा रहेको ३८५ रोपनी जग्गा कब्जा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो कब्जामा लिएको छ ।

अमेरिकी सहायता परियोजना एमसिसी ले परियोजनाअन्तर्गतको कामका लागि स्थानीयबाट करिब एक अर्ब ४० करोडमा किनेको जग्गामा विप्लव नेतृत्वको नेकपाले झन्डा गाडेको हो ।नेकपाका जिल्लास्तरीय नेताहरुको टोलीले पार्टीको झण्डा गाड्दै जसको जग्गा हो उनीहरुले नै भोगचलन गर्न भनेका छन्। कसैले कब्जा गरिएको जग्गा स्थानीयबाट लिन खोजेमा कडा कारवाही गर्ने चेतावनीसमेत दिएका छन्।यो पनि हेर्नुस्

मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला भएको छ ।कम्पनीले आजबाट प्रतिकित्ता १०० का दरले ९० लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये ५ प्रतिशत सामूहिक लगानीकोष र ४ प्रतिशत कर्मचारीका लागि छुट्याइएको छ ।

कम्पनीले सिन्धुपाल्चोकबासी र प्रभावित क्षेत्रका लागि भने यसअघि नै आईपीओ निष्कासन गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन गर्न सक्नेछन् ।कम्पनीले आईपीओका लागि केयर रेटिङ नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ प्राप्त गरेको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई बैंक रहेको छ भने आईपीओ भर्ने अन्तिम मिति असोज २५ गतेसम्म छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img