इन्फो नेपाल — सञ्चारको सञ्जाल

आफ्नो पार्टीको सरकार बने २० लाख युवालाई रोजगारी दिने लामिछानेको घोषणा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवनले सिंगो देशलाई न्याय गर्ने बताएका छन् । बिहीबार चितवनको नारायणी किनारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै चितवन २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका लामिछानेले आफू पटक पटक चक्रव्यूहमा पर्दै आएको भन्दै त्यस्ता चक्रव्यूह पार गरेर नेपाली जनताको सम्मृद्धिमा साथ दिन आएको बताए । ‘मलाई पटक पटक प्रश्नको घेरामा राखिन्छ र शंकाको तीर रोपिन्छ’, लामिछानेले भने, ‘दुर्गममा अस्पताल बनाउँदा के बिगारे ? अब त म ज्युँदो छु भनेर भन्नेछन् ।’ उनले आफू विवादसँग डराउने मान्छे समेत रहेको भन्दै आज उनीहरू कहाँ छन् थाहा नभएको तर आफू देशभरका दुःख पाएका जनताको घरमा पुगिरहेको बताए । उनले चितवन अन्याय नसहने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान आफू बन्न नभएको बताउँदै घण्टीले देशलाई परिवर्तन गरेरै छाड्ने दावी गरे । उनले आफ्नो राजनीतिक जीवनभरी स्वदेशी कपडा लगाउने कसम खाएको भन्दै त्यसको अर्थ स्वदेशमै उद्योग स्थापना गर्ने रहेको बताए । उनले चुनावी छलखेलबारे आफुलाई सबै थाहा भएको पनि बताए । चितवनमा लागेको दाग मेटन् आएको भन्दै कसैले धाँधली गर्छु भन्ने सपना नदेख्न चेतावनी दिए । आफू राजनीतिमा विस्थापन गर्न नभइ व्यवस्थापन गर्न आएको बताए । उनले देशका युवाहरूलाई फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउने स्किम आएको आफूले सुनेको भन्दै आफ्नो पार्टीको स्किम सुन्न आग्रह गरे । भने, ‘हामीले सरकार बनायौं भने सय दिनभित्र कम्तीमा पनि सय जना युवालाई यो देशमा फ्रि टिकटमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा स्टिकर टाँस्ने छौ ।’ उनले आफ्नो पार्टीलाई सरकार बनाउने बहुमत दिए विदेशमा काम गरिरहेका युवाहरूलाई यही देशमा रोजगारी दिने र बिस्तारै २० लाख युवाले यहि देशमा रोजगारी पाउने अवस्था बनाउने बताए । कार्यक्रममा सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले ५ दिन खुवाएर ५ बर्ष रुवाउने नेताहरूको विदाई गर्नुपर्ने भन्दै त्यो दिन मंसिर ४ मा भएकाले मतदाताले प्रयोग गर्नुपर्ने बताए । उनले भने– ‘हामीले नारा होइन, पारा ठिक भएको नेता जन्माउनुपर्ने छ । त्यस्तो नेता यसैगरी जन्मिन्छ ।’ उनले रवि लामिछानेजस्ता नेतालाई संसदमा पुर्याए भ्रष्टाचारको जरो हल्लिने र अर्को चुनावसम्ममा भ्रष्टाचारको पुरै जरो उखेल्ने दावी समेत गरे । त्यसैगरी चितवन क्षेत्र नम्बर १ का सो पार्टीका उम्मेदवार हरि ढकालले अभिभावकको आशीर्वाद र युवाको साथबाट यो पटकको निर्वाचनमा विजयी बन्ने विश्वास व्यक्त गरे । चितवन ३ का अर्का उम्मेदवार जीता बरालले भ्रष्टाचार विरुद्धको लडाइका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा उम्मेदवारहरू मैदानमा आएको बताइन् ।

सम्बन्धित समाचार

भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सेयर गरे अर्थ र परराष्ट्रमन्त्रीसँगको तस्बिर

मकवानपुर । भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वज…

नेपाल र भारतबीच आठ क्षेत्रमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैँ। नेपाल र भारतबीच आठवटा क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका यी सम्झौताले सुरक्षा, प्र…

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

काठमाडाैँ । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ। भेटमा दुई देशबीच आर्थिक साझेदारी, यातायात र डिजिट…