Saturday, September 7, 2024
समाजप्रदेश १ को ‘कोशी’ उपयुक्त नाम हो : चित्रबहादुर केसी
spot_img

प्रदेश १ को ‘कोशी’ उपयुक्त नाम हो : चित्रबहादुर केसी

काठमाडौं: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश १ को ‘कोशी’ उपयुक्त नाम भएको बताएका छन् । झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भएको आक्रमण संघीयताको दुष्परिणाम बताउदै केसीले प्रदेश १ को ‘कोशी’ उपयुक्त नाम भएको बताएका हुन् ।

शनिबार विज्ञप्ति जारी गरी उनले ओलीमाथि जातिवादीहरुले आक्रमण गरेको आरोप लगाउँदै त्यसको विरोध जनाएका छन् । उनले भनेका छन्, ‘हामीले भन्दै आइरहेका छौँ, संघीयता, त्यसमा पनि जातीय संघीयताले नेपालको राष्ट्रिय विखण्डन गर्ने छ । त्यसले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि नै आँच पु¥याउने छ । एमाले अध्यक्ष ओलीमाथिको आक्रमण संघीयताको त्यस्तै दुष्परिणाम हो ।’

यही वैशाख १३ गते झापामा ओली सहभागी कार्यक्रममा कोशी नामकरणको विपक्षमा आन्दोलनरत पहिचान पक्षधरले कालोझण्डा देखाउनुका साथै आक्रमणको प्रयास गरेका थिए ।

अध्यक्ष केसीले यथाशीघ्र सङ्घीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने समेत बताएका छन् ।

-Google Ads-

प्रशासनिक एकाइका रुपमा प्रदेश १ को नाम कोशी उपयुक्त भएको समेत उनले बताएका छन् । विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो ठहर छ, संघीयताप्रति विरोधको बाबजुद प्रशासनिक एकाइको रूपमा ‘कोशी’ प्रदेश उपयुक्त नाम हो । पूर्वाञ्चल क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक विरासतको आधारमा ‘कोशी’ प्रदेश उपयुक्त नाम हो भन्ने प्रष्टै छ ।’

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img