Friday, January 17, 2025
समाजसासु र जेठाजुले बुहारीको कन्यादान गरिदिए……

सासु र जेठाजुले बुहारीको कन्यादान गरिदिए……

इटहरी / इटहरीमा सासु र जेठाजुले बुहारीको कन्यादान गरिदिएका छन् ।

इटहरी उपमहानगरपालिका ४ का पूण्य पौडेल र उनकी आमा जानुकाले बुहारीको विवाह गरिदिएका हुन् । आज ३४ वर्षीया सूजा पौडेलको वैदिक परम्पराअनुसार कन्यादान गरी विवाह गरिएको हो ।

जानुकाका कान्छा छोरा फडिन्द्र र सूजाबीच २०६९ सालमा मागीविवाह भएको थियो । पौडेल परिवारले झापाको बैगुन्धुराबाट सूजालाई बुहारी बनाएर भित्र्याएको हो । तर, फडिन्द्रको ०७१ सालमा मृत्यु भएको थियो ।

सुनसरीको डुम्राहा घर भएका रमेश रेग्मीले प्रस्ताव गरेपछि आफूहरूले राजीखुसी विवाह गराइदिएको जानुकाका जेठाजु पूण्यले बताए । उनले भने, “पारिवारिक सहमतिमै विवाह गर्ने निर्णयमा पुगेका हौँ । भनेजस्तो परिवार र उस्तै विगत भएका जोडीले राम्रो गरिखान सक्छन् भन्ने अपेक्षासहित बुहारीको विवाह गरिदिएका हौँ ।”

रेग्मीको पहिलो श्रीमतीको पनि दुई वर्षअघि मृत्यु भएको थियो । उनीतिरका एक छोरा र छोरी छन् । पौडेलकी पनि एक छोरी छिन् । रेग्मी सरकारी कर्मचारीको रूपमा कार्यरत छन् । सूजा एनआईसी एसिया लघुवित्तमा कार्यरत छिन् । सूजाका बुवा कृष्ण खतिवडाले छोरी कर्मघरबाट बेहुली भई बिदा हुन पाउनु समाजका निम्ति उदाहरण भएको बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img