इन्फो नेपाल — सञ्चारको सञ्जाल

कुलेखानी हुँदै काठमाडौं पुगिने फाखेल–फर्पिङ सडकखण्ड दुई महिना बन्द

मकवानपुर: कुलेखानी हुँदै काठमाडौं पुगिने फाखेल–फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले सवारीसाधन सञ्चालन बन्द गरिएको हो । पुष १६ गते देखी आगामी फागुन १५ गतेसम्म फाखेल–फर्पिङ सडकखण्डमा सवारीसाधन आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले जानकारी दिए । वैकल्पिक यात्राका लागि हेटौँडा–भीमफेदी कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौँको थानकोट पुग्ने सडक प्रयोग गर्न सकिनेछ । त्यस्तै, काठमाडौँको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौँडातर्फ आउने सडक प्रयोग गर्न सकिने छ ।

सम्बन्धित समाचार

तीव्र हावाहुरी चलेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आज बिहानैदेखि तीव्र गतिमा हावाहुरी चलिरहेको छ। ​मौसम पूर्वानुमान महाशाखाका अनुसार गोरखा,…

सरकारले भन्याे – मोबाइलमा ‘हाई–अलर्ट’ को सूचना आउन सक्छ, नआत्तिनू

काठमाडाैँ । सरकारले आज काठमाण्डाै उपत्यकाका मोबाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकास्ट प्रणाली’ को परीक्षण गर्दैछ । त्यस क्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपत्कालीन सतर्कता…

भीमफेदी दुर्घटनाको प्रतिवेदन : ४९ घण्टामा करिब ३४ घण्टा यात्रा, ११ सिटको ईभीमा २० जना

भीमफेदीमा १४ जनाको ज्यान गएको ईभी दुर्घटनाको छानबिन प्रतिवेदनले चालकको लगातार लामो यात्रा र पर्याप्त विश्रामको अभावलाई सम्भावित कारण मानेको छ। ११ जनाको क्षमता भएको गाडीमा २० जना सव…

इन्फो नेपाल संवाददाता